सिडनी । अष्ट्रेलिया । युवा बिद्रोह अबको आवश्यकता हो
वर्तमान राज्यव्यबस्था तथा वर्तमान निर्वाचन प्रणाली अन्तर्गत (केन्द्र प्रदेश स्थानीय ) तीनै तहमा राजनीतिक दलका दलगत नेता कार्यकर्ता तथा नातागोताहरु लाई मात्र राज्यबाट दिने विभिन्न सेवा सुविधा र अवसर ,साथै चुनाबमा निर्वाचित हुनलाई टिकट दिने देखी नियुक्ति र मनोनीत गर्ने प्रवृत्तीले गर्दा क्षमतावान योग्य र दक्षता भएकाहरुलाई बिभेद गर्दै अवसरबाट बञ्चित गराईन्छ । फलस्वरुप देश भित्र रहेका शिक्षित युवाहरुको मस्तिष्कबाट निस्कदै गरेको राज्यसत्ता प्रतिको बितृष्णा होस या नेपाल सरकारले गर्ने विभिन्न संबैधानिक तथा कुटनैतिक आयोगका नियुक्तिमा होस् आफ्ना र आसेपासे हरुलाई मात्र नियुक्ति गरेको पाईन्छ ।
पछील्लो उदाहरण सरकारले गरेका केही निर्णय हेर्दा सीमित व्यक्तिमात्र पटकपटक बार्गेनिंग गर्दै सत्ता र शक्तिमा बसेर आफु अनुकुल लाभ लिनका लागी नै त्यो पदमा पुगेको देखिन्छ। त्यस्ता पात्रको रुपमा जनता बाट अपेक्षा गरेका आफुलाई बाकल्पिक राजनितीको नया धार बताऊदै आएको कान्छो रीजनैतिक दल एवंम वर्तमान गृहमन्त्री रबी लामीछाने वर्तमान प्रधानमन्त्री प्रचन्ड ,भुपु प्रधानमन्त्री के पी ओली शेरबहादुर देउवा लगायत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा ,बालकृष्ण खाड ,टोपबहादुर रायमाझी,बिद्या देवी भन्डारी,नन्दकिशोर पुन आदि थुप्रै नेताहरुको चरीत्र प्रष्ट देख्न सकिन्छ ।
सरकारको गलत कार्यशैली एवंम गलत नियतको मूल्यांकन गर्दा कोही क्षमता भएर पनि अवसरबाट वञ्चित छन् भने कोही पटकपटक सत्ता शक्ति र उच्च पदमा पुगेका छन्।संबैधानिक तथा प्रशासनीक निकायमा कार्यरत कर्मचारीहरु राजनीतिक नेतृत्वलाई प्रभावमा पारी उनीहरुले आफु अनुकुल निर्णय गरी कर्मचारी तन्त्रको गलत अभ्यास गरेका छन्।जसले गर्दा योग्य भएर पनि अवसरबाट बञ्चित बनाईएका ठुलो संख्याका बुद्दिजीवी तथा राजनैतिक चेतना भएका युवाहरु पनि बिद्रोहको तयारीमा लागेको पाईन्छ।
आर्थीक अभावमा आफ्नो र परिवारको जीवन रक्षाको निम्ति बिदेशी मरभुमिमा आफ्नो पसिना र रगत बगाउन बिबश लाखौं युवाहरुको आवाज कस्ले बोल्छ ?? त्यसैले पनी अब विजय पराजुलीहरु गलत प्रवृती बिरुद्द कलमको माध्यमबाट आवाज बिहिनहरुको आवाज बनेर लेखीरहन्छन बोलीरहन्छन । राज्य सत्ता सञ्चालनको बागडोर सम्हालिरहेका नेतृत्वले योजना बद्ध तरिकाले स्वदेश भित्रका क्षमतावान योग्य र बिदेशबाट फर्किदै गरेका तमाम युवा शक्तिलाई देशको विकास निर्माणको काममा सहभागी गर्न सके राज्यले युवाहरुमा रोजगारीको अवसर त प्रदान गर्छ गर्छ त्यसको साथ साथै राज्य र युवा बिचको असमझदारी तथा राज्यबाट फ्रष्टेसन भएका युवाहरुमा पनी नविन सोच र बिचारको विकास हुन्छ ।
तर बिडम्बना राज्यका संबैधानिक निकायका नियुक्ति खाएका विज्ञहरु नै अनविज्ञ भैदिन्छन र त देश भित्र केही गरौं भन्ने युवाहरु तथा बिदेशबाट फर्किदै गरेका हरेक युवाहरु को मानसपटलमा अवसरको शुन्यताले छाएको स्थिति बनाईन्छ ।तसर्थ अब फेरीपनि युवाहरुलाई राज्यबाट पाउने अवसर बाट बञ्चित गरेर युवाहरु लाई निरासा पार्ने काम गरिन्छ भने युवाहरुको निरासा बाट उत्पन्न हुने बिद्रोहको झील्को देशका लागि अती नै घातक हुनेछ ।किनकि वर्तमान नेतृत्व राज्य सत्ता र शक्तिमा बसेर युवाहरुको हित विपरीत नेपाल आमाको गरीमा विपरीतका गतिविधी यसरी नै बढ्दै जाने हो भने यसबाट निस्कने बिद्रोह कसैको पनि नियन्त्रणमा रहन सक्दैन ।चेतना भया !
२०७२ सालको भुकम्प र कोरोना कहरमा अनेकौं पिडा सहेर भएपनि बिसम परीस्थीति को बीच स्वदेश फर्किएका युवाहरुले अब भुकम्प कोरोनाको महामारीले भन्दा पनि भोको पेट लिएर मर्नु पर्ने बाध्यता कहिले सम्म ?? आज अस्पतालमा उपचार गर्न जादा उपचार खर्च नभएर अस्पतालको ५ औ तलाबाट हाम फालेर प्राण त्यागेका छन् । कतै राज्यबाट पिडीत भए भन्दै युवाहरु आत्मदाह गर्छन । बैंक बित्तिय संस्था सहकारी र लघुबित्ते पिडितहरु एऊटै रुखमा ३ जना सम्म झुन्डिएर आत्महत्या गर्दैछन । देशै भरीका सहकारीबाट हजारौं बचतकर्ताको अरबौं रकम ठगीमा गृहमन्त्रीको संलग्नता भनेर समाचार आउछ अनुसन्धान समेत गर्दैन तर तीनै बचतकर्ता आज कोही मानसीक रोगको सिकार भए त कोही पारीवारीक सम्बन्धबाट तिरस्कृत छन् । अनी राज्य कहा छ खै ?? जसले शासन सत्तामा बसेर जनतको पक्षमा राष्ट्र र राष्ट्रियताको पक्षमा शु-साशनको पक्षमा काम गर्छु भनी जनताको आखामा छारो हाल्ने काम गरे त्य्स्ता कुपुत्रहरु लाई जनताले मुल्यांकन गर्न आवश्यक छ । सस्तो लोकप्रीयतामा रमाउनेहरु र तीनै बेबकुफहरुको झुटा आश्वासनमा सपना देख्ने जमातहरु पनी यो देश बिकासको बाधक हुन ।
मातृभुमी छोडेर कुनै पनि नेपालीलाई बिदेशी मरभुमीमा गएर रगत र पसिना बगाउने चहाना हुदैन । तर यस्तो आर्थीक विपदको समयमा देशमा बाच्न पनी नपाईने अवस्था बाट बिचलित हुदै कोही खाडीको चर्को घाम सहन त कोही हातमा झोला पोकापुन्तुरा सहित स-साना बालबच्चा बोकेर जीवन जिउन अर्थात बाच्नकै लागि भारतमा श्रम बेच्न जाँदै गरेका आफ्ना नागरिकहरुको लाभा-लस्कर सिमानामा देख्दा अलिकति पनी करुणा भाव आऊदैन ?? राज्य सन्चालनको नेतृत्व लिनुभएकाहरुलाई मेरो प्रश्न छ ।
युवा दस्ता यस अगाडी देशमा हुने हरेक परिवर्तनको आन्दोलनमा अग्रपंतिमा हुने गर्थे किनकी उनीहरुलाई बिश्वास थियो कि हामीले ल्याउदै गरेको परिबर्तन आए पछी हाम्रा सबै दुखका दिन सकिन्छन् हामी पनी पश्चिमा देशहरु जस्तै समृद्दिको बाटोमा पुग्छौ भन्ने थियो तर के त्यो व्यबहारमा देखीयो त ?? त्यसैले बर्तमान राज्य सत्ताको बागडोर सम्हालेका बिभिन्न दलका नेतृत्वहरुले समयमानै युवाहरुको निराशा एवंम युवाहरुमा राजनिती प्रतिको बितृष्णा लाई संबोधन गर्न नसके अबको युवा बिद्रोह आगोको सानो झिल्को बाट ठुलो मुस्लोमा रुपान्तरण भई देशमा भयाभह को परीस्थीति सिर्जना हने निश्चित छ ।
देशमा २०६२/६३ लगतै देशको उच्च अहोदमा बस्नेहरुले देशलाई लुट्ने थलो बनाए फलस्वरुप १ करोड नेपालीलाई विदेश पलायन हुन विवस बनाए ।यो ब्यवस्था र सत्ताको जयगान गाउनेहरु भ्रष्टचारी हुन ।यो संबिधानले राष्ट्रियता र सार्वभौम सत्ताको संरक्षण गर्दैन ,भौगोलिक अखन्डताको रक्षा गर्र्दैन ।जातिय सद्भावको को दोन्द चाहान्छ ।यो संबिधानले महायोगी गोरखनाथ चिन्दैन ।राष्ट्र निर्माता पृथ्वी नारायण शाह चिन्दैन ।यो संबिधान नेपालको हितमा छैन ।यो संविधानले राष्ट्रकै सपुत तथा सहिदहरुलाई चिन्दैन ।राष्ट्र निर्माणमा अग्रणी भुमीका खेलेका कालुपान्डे ,बिराज बखति ,भक्ति थापाहरु जस्ता योद्दाहरु चिन्दैन ।
बरीस्ठ राजनितिक विष्लेषक सौरभका अनुसार यो संबिधानमा ५ वटा यस्ता राष्ट्रघाति बुधाहरु राखीएका छन् जस्ले कुनै पनि बेला राष्ट्रको विघटन गर्न सक्छ ।
नेपालको वर्तमान अवस्थालाई केलाएर हेर्ने हो भने यहां न्यालय बाट न्याय पाईदैन न्याय को लागी सडकबाट संघर्ष गर्नुपर्ने ?? के यही यो लोतन्त्रको उपलब्धि ?? हजारौं सहिदहरुको त्याग र बलिदानबाट अपेक्षा गरेको शु साशन यही हो ?? लोकतन्त्र गणतन्त्र यही हो त ?? अहिलेको वर्तमान राजनितिक ब्यवस्था र अवस्था माथी समिक्षा गर्दा यो ब्यवस्था बाट बनाएको संबिधानका विवादित पानाहरुले न्यायलयको विश्वास माथी समेत प्रश्न उठ्न थालेको छ । बिस्तारै बुझ्दैछन परिवर्तनको लडाइँ बाट ल्याएको भनिएको व्यबस्थामा विवादित विषय समेटिएको संबिधान व्यबस्थाको व्यबस्थापन गर्ने व्यबस्थापकहरु नै ईमान्दारी नभएर नैतिक चरित्र हिन भएको कारण नै आम नागरीकहरुमा यो नैरीश्यता छाएको छ भन्ने निष्कर्षमा पुगेका छन्।
आज १ नेपाली नागरीक भएर आमाको गर्भमा बसीरहेको शीशु लाई पनी यो राज्यले झन्डै ७५००० को ऋण जन्मनु अगावै बोकाएको छ भने मेरेपछी पनी अन्तिम दाहसंस्कार हुने समय देखी मृत्यु दर्ता भन्दै बिभिन्न बाहनामा राज्यले अनैतिक शुल्क असुली गरीरहेको हुन्छ ।यस्तो सम्बेदनशिल विषयमा पनी राज्यले आफ्ना नागरीकहरुमा गरेको अत्याचार बिरुद्द कहिले बोल्ने ? कस्ले बोल्ने ??
यस्ता थुपै समस्याको समाधानको लागी पनी यो ब्यवस्था यो निर्वाचन प्रणाली र यो ब्यवस्थाका अधिकांश भ्रष्ट तस्कर अपराधीहरुलाई कानुनी कठघरमा ल्याई शु साशन सहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य ,अभिभावकिय भुमिकामा संबैधानिक राजसंस्था पुनर्स्थापना र स्थानिय सरकारलाई मजबुत बनाई संघियता नामको सेतो हात्तिलाई डाडा कटाएर देशमा नया ईमान्दार सक्षम र क्षमतावन नेतृत्व अबको आवश्यकता हो ।
राज्यबाट प्राप्त हुनुपर्ने अवसरबाट बञ्चित युवाहरुलाई क्षमता अनुसारको काम र उसको दैनिक जिवन यापनका लागी आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले गर्नुपर्छ भन्ने हो र यस्ता कुरालाई सरकारले समधान गर्नु पर्छ र युवाहरुको निराशालाई समयमै संबोधन गर्नु पर्छ।अन्तत् देशको युवा शक्तिलाई विकास र समृद्धिका लागि परिचालन गर्ने सवालमा राज्यले पनि स्पष्ट नीतिगत निर्णय सहितका ठोस कार्यक्रम ल्याउनु जरुरी छ भने आम युवापङ्क्तिले पनि अब देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक एवंम सांस्कृतिक रुपान्तरणमा रचनात्मक हस्तक्षेपकारी भूमिका निर्वाहका लागि पहलकदमी लिनुपर्छ ।
सामाजिक रुपमा सक्रिय युवाहरुले पनि हाम्रो आफ्नो मौलिक तथा आवश्यकता अनुसारको नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ।अनि राजनीतिक रुपमा सक्रिय युवापुस्ताले पनि समग्र राजनीतिक सुधारका लागि जिम्मेवारी लिनुपर्छ, केवल आफ्नो व्यक्तिगत र समूहगत स्वार्थका लागि नेतृत्वसँग बार्गेनिङमै केन्द्रित हुने होइन । यसो भयो भने कम्तीमा युवामा बढ्दै गएको असन्तुष्टि कम हुन्छ र युवा शक्ति रचनात्मक बन्न सक्छ। यदि उल्लेखित कार्यक्रम गर्न पनि हस्तक्षेप गर्ने र सधै राजनीतिले युवा पुस्तालाई प्रयोग गर्ने अवसर केही पनि नदिने सधै युवाशक्तिलाई पहुँच बहिर मात्रै राख्ने हो भने निकट भविष्यमा बिद्रोह कल्पना गरे भन्दा फरक र कहालीलाग्दो हुनेछ । व्यवसाय र रोजगार गुमाएर भोको पेटलाई नाम्लोको सुतरीले बाधेर सडकमा निस्कने युवाहरुको जमात र आर्थीक अभाबकै कारणले अत्मा हत्या गर्नेहरुका परिवार र बिदेशमा ५५डिग्रि तापक्रम मा श्रम बेचेर फर्किएको युवाहरुको बिद्रोह आत्माघाति हुनेछ समयमै जिम्मेवार निकायले बुझ्नु जरुरी छ।
✍️ विजय पराजुली