२०८१ चैत्र ११ सोमबार

प्रवासी नेपाली मञ्च अष्ट्रेलिया – तास्मानियाद्वारा योग कार्यक्रम सम्पन्न !

प्रवासी नेपाली मञ्च अष्ट्रेलिया – तास्मानियाद्वारा योग कार्यक्रम सम्पन्न !

सिडनी। अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया – तास्मानिया राज्य कमिटी (ONF Tasmania) द्वारा अगस्ट २०, २०२४ मा आयोजित योग कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रम High Himalayan को सहकार्यमा सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष रोजिना ताम्राकार, ONF अष्ट्रेलियाका सचिवालय सदस्य बीएन मण्डल, र ONF अष्ट्रेलियाका केन्द्रिय सदस्य तथा तास्मानिया इन्चार्ज सुजन लामिछानेले दिप प्रज्वलन गरेर गर्नु भएको थियो। कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थिति देखियो जसमा ३० जनाले सहभागिता जनाएका थिए।

यस कार्यक्रमको प्रशिक्षण पतञ्जली योग शिविरबाट प्रशिक्षित योग गुरुहरू श्री खडानन्द सापकोटा र श्रीमती पार्वती सापकोटाले दिनुभएको थियो। ONF Tasmania का अध्यक्ष मुगेन गौतमले समुदायको भलाइका लागि प्रवासी नेपाली मञ्चले निरन्तर काम गरिरहेको र शारीरिक तथा मानसिक स्वास्थ्य दुवै महत्वपूर्ण भएकोले समाजको समस्यालाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरूको आयोजना गरिएको बताउनु भयो। उहाँले ONF Tasmania ले नेपाली समाजमा मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको महत्वलाई बुझेर योग कार्यक्रम र मानसिक स्वास्थ्य फर्स्ट एड तालिमहरू आयोजना गर्दै आएकोमा जोड दिनु भयो।

कार्यक्रमको समन्वय के.राज खनालले गर्नु भएको थियो। साथै, Trizan Photography र Danphe Function Centre ले कार्यक्रमलाई समर्थन गरेको थियो। कार्यक्रमले सहभागीहरूमा उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरेको थियो।

ONF Tasmania ले आगामी दिनमा पनि यस्तै महत्वपूर्ण कार्यक्रमहरू आयोजना गर्दै जानेछ र समाजको भलाइका लागि निरन्तर क्रियाशील रहनेछ।

२०८१ भाद्र ७, शुक्रबार प्रकाशित 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार