२०८१ फाल्गुन ७ बुधबार

रास्ट्रिय युवा संघ पोखरा-२३ मा सन्दीप, अखिलमा एकराज र युथ फ़ोर्समा राजेश चयन ।

नेपाल कम्युनिस्ट पार्टी एमाले पाेखरा २३ काे आयाेजनामा पोखरा-२३, बाम्दिमा बृहत् युवा तथा बिधार्थि भेला सम्पन्न भएकाे छ ।

राष्ट्रिय युवा संघका जिल्ला नेता मिनराज खड्काकाे अध्यक्षतामा सम्पन्न भेलाकाे प्रमुख अतिथि युवा संघ नेपालका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका माननीय सांसद राजिब पहारीले भेलालाई संबाेधन गर्दै नेता पहारीले संबृद्व नेपाल र सुखी नेपालकाे चहाना पूरा गर्न सम्पूर्ण युवा विद्यार्थी एमालेमा समाहित हुनुपर्ने र पार्टीले युवा पुस्तालाई अब यसै गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनु भयाे ।

विकास निर्माणमा एमाले बाहेक अरु पार्टीले कुन‌ै याेगदान दिन नसक्ने बताउदै एमालेको एकल बहुमत आए मात्र देश संबृद्व हुने र देश लयमा फर्कने चर्चा गर्नु भयाे ।

कार्यक्रममा एमाले कास्की जिल्ला कमिटी सचिवालय सदस्य दामबहादुर वि क , जिल्ला कमिटि सदस्य कमरेड गिता वि क, पार्टी वडा कमिटी अध्यक्ष कमरेड चेतबहादुर क्षेत्री(अर्जुन), युवा संघका केन्द्रीय सदस्य शिव अधिकारी, युवा सघ कास्की जिल्ला अध्यक्ष पानबहादुर जि सी, पार्टी नेता शिबलाल पराजुली, सुर्य भण्डारी, शिक्षक संगठन कास्कीका भक्त केसी, कमल पराजुली, अनेरास्ववियु का केन्द्रीय सदस्य साजन सुवेदी, जिल्ला सदस्य भाेलानाथ पराजुली, युवा सञ्जालका सचिव रामचन्द्र नेपाली राेहित समेतले कार्यक्रममा बोलेका थियाे ।

भेलाले सन्दिप पराजुलीकाे नेतृत्वमा ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल पोखरा-२३ को वडा कमिटी र एकराज पराजुली काे अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु वडा कमिटी र राजेश घातानेकाे नेतृत्वमा युथ फाेर्स वडा कमिटी गठन गरेकाे छ ।

कार्यक्रम नव निर्वाचित सम्पूर्ण पदाधिकारिहरू र सदस्यहरू लाई रास्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसिले पद तथा गोपनियताको सपथ खुवाएका थिए साथै युवाहरू व्यवसाय र स्वरोज़गारी संगै राजनीति मार्फ़त समाजसेवा मा लाग्न प्रेरित गरेका थिए र सम्पूर्ण निर्वाचित हरू लाई बधाई सहित शुभकामना समेत व्यक्त गरेका थिए र आगामी दिन हरूमा रास्ट्रिय युवा संघ नेपालले हरेक टोलटोल बाट देशको बिकास र समाजको हितको निम्ति काम गर्न निर्देशन समेत दीएका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै मिनराज खड़काले सबैलाई बधाई सहित निर्धक्क सहित जनताको सेवा र पार्टीको काममा लाग्न सुझाव समेत दीएका थिए र आगामी दिनहरूमा वडा कमिटी लाई कास्की ज़िल्ला भरी कई उत्कृष्ट कमिटी बनाउनका निम्ति लागी पर्न समेत अनुरोध गरेका थिए ।

कार्यक्रम कमरेड रघुनाथ लामिछानेले सञ्चालन गर्नु भएकाे थियाे ।

२०७८ आश्विन ३, आईतवार प्रकाशित 1 Minute 657 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।