२०८१ चैत्र ११ सोमबार

स्यांगजा फेदीखोलामा जिल्ला स्तरिय बेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त कार्यक्रम सम्पन्न ।

स्यांगजा फेदीखोलामा जिल्ला स्तरिय बेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त कार्यक्रम सम्पन्न ।

सिडनी । अस्ट्रेलिया । नेपाल गोजुरियो कराते-डो संघ स्याङ्जा जिल्लाको आयोजना फेदीखोला गाउँपालिका २ नं वडाको समन्वयमा “तेस्रो जिल्ला स्तरिय बेल्ट ग्रेडिङ्ग तथा दिक्षान्त कार्यक्रम” सम्पन्न भएको छ।

जिल्ला कराते महासंघ, स्याङ्जाका अध्यक्ष मनोज बुढाथोकीज्यूको अध्यक्षता र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीज्यूको प्रमुख आथित्यतामा सम्पन्न दीक्षान्त कार्यक्रममा फेदीखोला गाउँपालिका भरी बाट २१ खेलाडी सहित स्याङ्जा जिल्लाका ३५ जना कराते खेलाडीले ब्ल्याक बेल्टबाट दिक्षित भएका छ्न। सिद्धार्थ मावि फेदीखोलाको खेल मैदानमा आयोजित उक्त दीक्षान्त कार्यक्रममा विशेष अतिथिको रूपमा विश्व गोजुरियो कराते-डो संघका उपाध्यक्ष, नेपाल कराते महासंघका सचिब Shihan B.R Mitra ज्यूले सिनियर तर्फ खेलाडीहरुलाई ब्ल्याक बेल्ट (1st Dan) र जूनियर ग्रेडिङ तर्फ Green र Brown Belt प्रदान गर्नु भएको थियो। उक्त अवसरमा गोजुरियो कराँते खेलको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको सम्मान स्वरूप विशेष अतिथि नेपाल कराँते महासंघका सचिव Shihan BR Mitra ज्यूले फेदीखोला गाउँपालिका, वडा न. २ का अध्यक्ष अबिलास गुरुङलाई नेपाल गोजुरियो कराँते-डो संघ, नेपालको तर्फबाट मानार्थ ब्ल्याक बेल्ट (1st Dan) बाट सम्मान गर्नु भएको छ।

कार्यक्रममा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष देऊ कुमारी गुरुङज्यू, वडा नं १ का वडा अध्यक्ष अमृत क्षेत्रीज्यू र वडा नं ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेलज्यू, नेकपा एमाले फेदीखोलाका अध्यक्ष हर्क बहादुर कार्कीज्यू, निवर्तमान वडा अध्यक्ष हिमालय जङ्ग बानियाँज्यू, अतिथिहरु वडा सदस्य वीर बहादुर कार्की, कलावती बस्नेत, आशु विक साथै सिद्दार्थ मावि फेदीखोला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर कार्की, सल्लाहकार धनराज केसीज्यू सहित अभिभावकज्यूहरु र स्थानीयहरू को बाक्लो उपस्थिति रहेको थियो।

सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई एवं शुभकामना।।

२०८१ कार्तिक १७, शनिबार प्रकाशित 1 Minute 441 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार