
महिनाको हरेक अन्तिम शनिबार अबर्न नेपाली पार्टी नाईट आयोजना हुने ।
सिडनी । अस्ट्रेलिया । हरेक महिना अन्तिम शनिबार अबर्न नेपाली पार्टी नाईट आयोजना हुने । अष्ट्रेलियाको सिडनिमा नेपालीहरूको बाक्लो जनसंख्या रहेको अबर्नमा नाईट पार्टी आयोजना हूने भएको छ ।
Bhara Entertainment को आयोजनामा हून लागेको उक्त पार्टी 12/14 Numberland Rd, Auburn, NSW 2144 मा साँझको ६ बजे देखी सुरु हुने बताइएको छ । हरेक महिनाको अन्तिम शनिबार अबर्न नेपाली नाईट पार्टीमा प्रवेश गर्नका निमित्त 18+ हुनु अनिवार्य र प्रवेश गर्दा भ्यालिड परिचय पत्र आवश्यक रहने छ ।
नेपाली युवा युवतीहरू बीच एकापसमा भेटघाट, जमघट रमाइलो पनको अपनत्व गरउने उद्देश्यका साथ यस पार्टी आयोजना गरीएको आयोजकले बताएका छन ।
कार्यक्रमको बारेमा थप जानकारी र सम्पर्कका निमति उक्त नाइट पार्टीका संयोजक अरुण श्रेष्ठ, हेमन, आयुष, राजेश र बिजय लाई सम्पर्क गर्न सकीने छ । कार्यक्रममा बिभिन्न नेपाली संघ संस्था को सहयोग रहको छ । उक्त पार्टीमा सबैजना रमाइलो गर्नका निमित्त उपस्थितिका लागी आह्वान समेत गरीएको छ ।