२०८१ चैत्र ८ शुक्रबार

पब्लिक युथ क्याम्पस, स्ववियु सभापतिमा निराजन शाहीको बर्चस्व ।

पब्लिक युथ क्याम्पस, स्ववियु सभापति पदमा निराजन शाहीको दबदबा ।

काठमाडौँ, २५ फेब्रुअरी – आउँदो चैत ५ गतेका दिन हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा काठमाडौंको धोबिचौर, ठमेलस्थित पब्लिक युथ क्याम्पसबाट चर्चित युवा विद्यार्थी निराजन शाहीले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। घोषणा संगै उनले चुनावमा बाजीगर बन्ने पक्कापक्की रहेको छ ।

निराजन शाही हरेक विद्यार्थीहरूको बीचमा निडर स्वभाव र नेतृत्व क्षमताका कारण लोकप्रिय ऊनी अघिल्लो निर्वाचनमा स्ववियु सचिव र अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीका अध्यक्षको रूपमा पनि कार्य गरिसकेका छन्। यसपटक उनी स्ववियु सभापति पदमा उम्मेदवारी दिंदै छन्।

स्ववियु क्याम्पसभित्र विद्यार्थीहरूको हितमा काम गर्ने स्वायत्त निकायको रूपमा परिचित छ र यसका इतिहासमा विद्यार्थी कल्याण र राजनीतिक सशक्तिकरणका लागि यसको ठूलो योगदान रहेको छ। विशेष गरी, नेपालमा राजनीतिक दलहरूमा प्रतिबन्ध लगाइएको समयमा स्ववियुले आम नागरिकसम्म राजनीतिक सन्देशहरू पुर्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।

निराजन शाहीको उम्मेदवारीले पब्लिक युथ क्याम्पसमा चुनावी माहोललाई थप रोमाञ्चक बनाएको छ। उनीहरूको उम्मेदवारीले विद्यार्थीहरूबीच उत्साह र चासोको एउटा नयाँ तरंग सिर्जना गरेको छ, र यसले आगामी चुनावमा प्रतिस्पर्धालाई अझ तीव्र बनाउने संभावना व्यक्त गरिएको छ।

२०८१ फाल्गुन १५, बिहीबार प्रकाशित 0 Minutes 645 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार