२०८१ बैशाख ४ मंगलवार

म अपराधी नै त हैन होला सहुलियत माग्दैमा ? सह-चालकबाट किन दुर्व्यवहार गरियो ? -बिध्यार्थी

हामी सबैले एकपटक बिध्यार्थी जीवन त भोग्यौ नै र त्यती बेलाको माइक्रो बस या भनौ भाडाको सवारी कहि न कहि त कार्डको पनी छूट पाईएन होला माग्दा उल्टै झगड़ा पर्यो की?
हो त्यसै सन्दर्भमा आज पोखराको पृथ्वी नारायण क़याम्पसका एक बिध्यार्थी लाई भएको दुर्व्यवहारको घटना र नेपाल बिद्यार्थी सघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिले कोरोना प्रकोप बढे लगतै ,विद्यार्थीहरु लाई सार्बजनिक सबारीमा सहूलियत दिने कुरामा सबारि संचालक समितिले आनाकानी गरि छुट नदिएको सबन्धमा नेपाल विद्यार्थी सघ पृथ्वीनारायण क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ तसर्थ आज पृथ्वीनारायण क्याम्पस एकाइ कार्य समिती द्वारा #भौतिक_पुर्बधार तथा यातायात मन्त्रालय, गण्डकी प्रदेश,#जिल्ला_प्रशासन कार्यलय र #जिल्ला_ट्राफिक कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।
माननिय मन्त्री कुमार खड्काले छिटोभन्दा छिटो कार्य समिति बनाएर तत्काल न्यायोचित माग पूरा गर्ने प्रतिबद्दता समेत जायर गरेका छन साथ साथै जिल्ला प्रशासन कार्यलय र जिल्ला ट्राफिक कार्यलयले पनि अनुगमन गर्ने प्रतिबद्धता जनाएको छ !

अाज म सित घटेकाे घटना, म त केबल उदाहरणीय पात्र मात्रै हाे!!!!

अाज मिति २०७८/०६/०६ म क्याम्पसबाट फर्कीरहेकाे थिएँ । म बगरबाट बाटुलेचाैर अाफ्नाे काेठातिर जान लागेकाे थिएँ । त्यहाँ पुग्न बसमा १२ मिनेट जसाे लाग्छ र भाडा चाहीँ २५ लाग्छ । बस हिँडेकाे करिब ६.७ मिनेटमा भाडा उठाउँदै सहचालक अाउनु भयाे । मैले सहचालकलाइ ५० रूपैँया र अाफ्नाे विद्धार्थी परिचयपत्र दिएँ र उहाँले मलाइ २५ रूपैँया फर्काउनु भयाे । मैले फेरी परिचयपत्र देखाउँदै १५ रूपैँया हाे मलाइ १० रूपैँया अझै फिर्ता चाहियाे सहुलियत प्राप्त छ विद्धार्थीलाइ त भनेँ । उहाँले मेराे कुरा बाेवास्ता गरेर पछाडी भाडा उठाउन लाग्नु भयाे । अनि कार्ड चल्दैन भन्नुभयाे । मैले म विद्धार्थी पाेशाकमा भएकाे संकेत गर्दै सबै शैक्षिक संस्था खुलेकाे जनाएँ । उहाँले फेरि कार्ड चल्दैन भन्नुभयाे ।

मैले यस विषयलाइ लिएर हिजाे जिल्ला ट्राफिक कार्यलय कास्कीकाे हटलाइन नं. १०३ मा फाेन गरेर पनि बुझेकाे थिएँ, सहुलियत कायम छ। यदि कसैले दिन नमाने १०३ मा फाेन गरेर जानाकारी गराउनुस् भन्नुभएकाे थियाे । मैले याे कुरा पनि राखेँ तर उत्तर मात्रै एउटा थियाे “कार्ड चल्दैन!!” र बाेल्दा बाेल्दै म उत्रिने ठाँउ अायाे । मैले उत्रिनेबेला नम्र भावमा साेधेँ “उसाे भा कार्ड चल्दैन??” उहाँकाे उत्तर त्यही थियाे “कार्ड चल्दैन!!” ।।

म उत्रिएँ बस हिड्याे र खल्तीकाे कलम झिकेर गाडि नं. टिपेँ ( ग १ ख ४५७२ ) । याे देख्ना साथ चलेकाे गाडिबाट हाम् फाल्दै सहचालक अाक्रमण शैलीमा दकुर्दै म सामु अाए र अाैँला तेर्स्याउँदै भने “तेराे दम भए गाडि नं. किन टिप्छस् मेराे फाेटाे खिच।” मलाइ धेरै जसाे सहचालकहरूकाे ब्यहाेरा थाह भएकाे भएर म भयाे भन्दै गेट खेलेर भित्र पसेँ । उहाँ चाहिँ अाडम्बरकाे हाँसाे झल्काउँदै पख्लास भन्दै जानु भयाे ।

काेठा भित्र पुग्नासाथ जिल्ला ट्राफिक कार्यलय कास्कीे हटलाइन नं. १०३ मा फाेन गरें । मैले बिस्तृत घटना क्रम बताउँदै गाडि नं. टिप्न अाग्रह पनि गरें । उहाँले जिल्ला ट्राफिक कार्यलयमा अाइ निवेदन दिन सुझाउनु भयाे । हिजाे चाहीँ गाडि नं. टिपाउ मात्रै भन्नु भएकाे थियाे । कति जना विद्धार्थी निवेदन लेख्दै हिँड्ने ? कति वटा निवेदन लेखेसी सुनुवाइ हुने रच ?

म अपराधी नै त हैन हाेला ताेकिएकाे सहुलियत माग्दैमा ? सहचालकबाट किन दुर्व्यवहार गरियाे ? सहचालकहरूकाे गुन्डागर्दी कहिसम्स सहने विद्धार्थीले ? किन ससक्त हुन सकेन विद्धार्थी अान्दाेलन ? कहिले साँझ पर्याे, कहिले छुट्टा, कहिले के कहिले के कहिले सम्म ? किन एकरूपता पाउन नसकेकाे विद्धार्थी सहुलियतले ? पेट्राेलकाे भाउ बढ्याे भनेर समस्या देखाउँदै भाडा बढाउने ब्यवसाहीकाे याे बर्बर्ता किन ?

म त केबल एउटा उदाहरणीय पात्र मात्रै हाे , हजाराैँ विद्धार्थीहरूले दैनिक याे समस्या भाेग्न परेकाे छ । क्याम्पसले शुल्क मिनाहा हुन्न भन्दै ढाड सेक्ने, नुन , तेल, चामलकाे त अब के कुरा गर्नु दैनिक क्याम्पस् अाउँदा जाँदा नि हाम्लाइ सास्ती । याे वातावरणमा कसरी पढेर खानी ? यात्रा गर्दा पनि ति खलपात्र सित डराउन पर्नी ?

२०७८ आश्विन ७, बिहीबार प्रकाशित 0 Minutes 797 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार