नेकपा एमाले रूपा गाऊँपालिका-६ कास्की मा रहेको मिया गाऊँ टोल कमिटीको अध्यक्षमा अब्दुल रहमान मियाँको नेतृत्व र जहुर रहमान मियाको नेतृत्वमा २१ सदस्य रास्ट्रिय युवा संघ कमिटी घोषणा भएको छ ।
नेकपा एमाले रुपा-६, मियागाउ टोल कमिटीको अध्यक्षमा अब्दुल रहमान मिया, उपाध्यक्ष- जमिल मिया, सचिव -इस्माइल मिया गरी २१ सदस्यीय कमिटी र नेपाल मुस्लिम इत्तेहाद सङ्गठन रुपा-६ मियागाउ कमिटीमा अध्यक्ष-जलालदिन मिया, उपाध्यक्ष -जहुरदिन मिया र सचीव -इर्साद मिया सहितको २१ सदस्यीय कमिटी समेत गठन भएको छ । साथै रास्ट्रिय युवा संघ नेपाल कास्की रूपा गाउपालिका वडा ६ मिया गाउँ टोल कमिटीमा जहुर रहमान मियाको अध्यक्षतामा २१ सदस्यीय रास्ट्रिय युवा संघ टोल कमिटी गठन भएको छ उक्त कमिटीको उपाध्यक्षमा हाफिज मिया, सचिब अब्बास अलि मिया, सह-सचिव कलिम मिया, कोषाध्यक्षमा मन्सुर रहमान मिया सहितको कमिटी गठन भएको छ । यस्तै सात सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
नेकपा एमाले रूपा गाउपालिकाका-६ का अध्यक्ष हर्क बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले रूपा गाऊँपालिका कमिटीका अध्यक्ष सवाबकस मिया र बिशेष अतिथीमा रूपा गाऊँपालिकाका अध्यक्ष नबराज ओझा र नारायण गुरुङ गरेका थीए ।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि सवाबकस मियाँले जनताको पार्टी नेकपा एमालेमा लाग्न र सबैमा पहल गर्नु अबको जनताको दायित्व रहेको बताए । हिजो केपी ओलीको सरकार हुदाको बेला अनी अहिलेको देशको अवस्था हेर्दा बिकास वादी नेताको रुपमा केपी ओली भएको बताए सोही अनुरूप सम्पूर्ण समुदाय मा रहेको मुस्लिमहरू कमिटीमा रहेको बताए ।
साथै बिशेष अतिथि रूपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले राज्यले कोरोनाको बेला जनताको साथ दीएर पीर व्यथा सुने बेलामा अहिले सम्म स्वास्थ्य मन्त्री समेत नियुक्त गर्न नसकेको र त्यसै कारणले पनी यो सरकार जनता भंदा कार्यकर्ताको निम्ति काम गर्ने गरेको बताए । त्यसैले पनी सबैमा नेकपा एमालेमा समाहित हुन आग्रह समेत गरे ।
कार्यक्रमको अध्यक्ष ६ का नेकपा एमाले पार्टी कमिटी अध्यक्ष हर्क बहादुर खत्रीले अब हरेक टोल टोल बाट जनता जागरूक भई मुलुक अनी समाजको हितको निम्ति काम गर्नु पर्ने र यो देश बनाउने ज़िम्मेवारी केवल नेकपा एमालेले मात्र पूरा गर्ने बताए र उपस्थित सबैमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो ।