२०८१ बैशाख १४ शुक्रबार

अष्ट्रेलियामा बस्ने समिरले स्वस्तिका संग ल्याए ‘चकलेटी स्याँउ’, बले, प्रिज्मा र प्रिन्सीको साथ ।

एक पछि अर्को दमदार अनी हिट गीत दर्शक सामु पश्कि रहेका अष्ट्रेलिया निवासी गायक समिर आचार्यको फेरी अर्कों नयाँ गीत सार्वजनिक भएको छ। दर्शक लाई झमझम नचाउने रमाईला गीत सार्वजनिक गर्न माहिर समिरका ‘पिच रोड’ ,’घाममा सुकाइदेउ,’ लगायतका धेरै गीत यस अघी सार्वजनिक गरिसकेका छन्।

समिरले गायिका स्वस्तिमा ढकालसँग मिलेर ‘चकलेटी स्याँउ’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका छन् । दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कलाकार सागर लम्साल “बले”, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तिनै जना कलाकार भिडियोमा डान्सिङ मुडमा देखिएका छन् ।

शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाएपछि समिरले आफू निकै उत्साहित भएको बताए ।

गीत रिलिज भएको २४ घन्टामा गीतले युट्युबको ट्रेण्डिङ्ग यात्रा सुरु गरिसकेको छ भने बजारमा पनि राम्रै प्रतिक्रिया पाईरहेको छ । यो संगै अष्ट्रेलिया निवासी युवा समाजसेवी अरुण गौतमको भनाइ अनुसार यो गीतले हरेक युवा साथीहरू को एकपटक पक्कै पनी दिल छुनेछ तसर्थ गीत हेरी दिनुहुन समेत आग्रह गरे ।

२०७८ आश्विन २०, बुधबार प्रकाशित 0 Minutes 581 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार