२०८१ फाल्गुन ६ मंगलवार

युवा संघ- पोखरा ८ र एमउटीडी समर्थकद्वारा संयुक्त शुभकामना आदान प्रदान, रक्तदान कार्यक्रम ।

राष्ट्रिय युवा संघ पोखरा महानगर पालिका वडा नम्बर ८ कमिटी र अन्तराष्ट्रीय फ़ुटबल क्लब म्यांचेस्टर यूनाइटेड क्लबका समर्थक समुह द्वारा पोखरामा आज संयुक्त रुपमा बिजयादशमी को शुभकामना आदान प्रदान संगै रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा जम्मा ५३ युनिट रगत संकलन भएको छ ।

राष्ट्रिय युवा संघ वडा नम्बर ८ का अध्यक्ष संजिव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जिसि रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पान बहादुर जिसिले युवा संघ सधै देश र जनताको पक्षमा रक्षकको भुमिकामा रहेको र वडा कमिटी ८ ले आयोजना गरेको यस रक्तदान कार्यक्रमले समाजमा राम्रो सन्देश संगै रगतको अभावमा परेका हरू प्रति पुण्यको काम भएको बताए संगै सबैमा बिजयादशमीको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष एवं वडा कमिटी ८ का अध्यक्ष संजिव बरालले समाजमा पर्ने जस्तो सुकै अवस्थालाई पनी एकजुट भई सम्हालने र यस्तै रचनात्मक अनी सृजनात्मक कार्यक्रमहरू लीएर समाजमा आम मानिसका बिच युवा संघ लाग्ने बताए साथै उनले उपस्थित सबैलाई बिशेष धन्यवाद सहित म्यांचेस्टर यूनाइटेड समर्थक समुहलाई समेत आगामी दिनमा सह यात्रा गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

त्यस्तै राष्ट्रिय युवा संघ ८ का उपाध्यक्ष सुनिल खड़काले स्वागत मन्तव्य व्यक्त गर्दै युवा संघ केवल नेकपा एमालेको संगठन मात्रै नभई सिंगो हिजोका दिनमा सदन देखी सड़क सम्म जनताको मागको सुनवाईका निम्ति गरीएका हरेक आन्दोलनको अग्र मोर्चामा रही आएको संगठन रहेको बताए साथै आगामी दिनहरू मा समेत यस्तै खाले प्रत्यक्ष रुपमा आम मानिसले पाउने सुविधा र फ़ाइदा हुने खालका कार्यक्रमहरू गर्ने बताए ।

त्यसै गरी कार्यक्रममा म्यांचेस्टर युनाइटेड क्लबका समर्थक समुह/क्लब पोखराका समन्वयकर्ता सुमन क्षेत्रीले समेत स्वागत मन्तव्य दिदै सबैमा खेलकुद अनी स्वास्थ्य मार्फ़त समाजमा युवाहरू एकजुट भई लाग्दा भोलिको देशको नेतृत्व अनी भविष्य उज्ज्वल हुने बताए ।

कार्यक्रम पोखरा-८ सिमलचौरमा आयोजना गरीएको थियो । उक्त कार्यक्रममा क़रीब १२० जनाको प्रत्यक्ष एवं अप्रत्यक्ष सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन भने राष्ट्रिय युवा संघ ८ कमिटीका सचिव किरण भण्डारिले गरेका थिए ।

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 497 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।