२०८० आश्विन ६ शनिबार

एनआरएनए न्यु साउथ वेल्स युवा उप-संयोजकमा शशांक बस्यालको दबदबा ।

एनआरएनए न्यु साउथ वेल्स युवा उप-संयोजकमा शशांक बस्यालको दबदबा ।

 

सिडनी अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य कमिटीको युवा उप-संयोजकको लागी टिम परिवर्तनको तर्फबाट शशांक बस्यालले उम्मेदवारी घोषणा गरेका छन्। (जुलाई २ तारिख आईतबार) सिड्नीमा टिम परिवर्तन उम्मेदवार घोषणा सभा बीच बस्यालले आगामी २०२३–२५ सम्मको कार्यकालका लागि उम्मेदवारी दिएका हुन्।

अष्ट्रेलियाको बिशेष गरी नेपाली समाजमा युवाहरूको हीतको लागि करीब ११-१२ वर्ष सम्मको लामो समय एनआरएनए अष्ट्रेलियामा सक्रिय रहेका बस्याल यस अघी एनएसडब्लु बाट युवा सदस्य पदमा रहेर काम गरिसकेका छन्। एनएसडब्लुका विभिन्न नेपाली संघ संस्था बिशेष गरी युवा संग आवद्ध रहेका संघ संस्थामा रही लामो समयको अनुभव लिईसकेका बस्यालले एनआरएनए न्यु साउथ वेल्समा युवा उप-संयोजक पदका लागि आफु सक्षम रहेको बताएका छन ।

उम्मेदवारी घोषणा पश्चात बस्यालले नेपाल बाट आफ्नो उज्ज्वल भविष्यको लागी अष्ट्रेलिया आउदा यहाँ परिवार बाट टाढ़ा हरेक व्यवहार, पढ़ाई, काम, परिवार आदि यस्तै खालका समस्याहरू संग जुध्न, लड़न र आफुमा निर्भर रहनका लागी त्यो स्तर सम्मको तयारी गर्ने काम एनआरएन को समेत हो बताए । बिध्यार्थी, युवा, अनी नेपाली समुदायको निम्ति युवा साथीहरूलाई काम सम्बन्धी तालीम, कुलत देखी टाढ़ा, पढ़ाई सम्बन्धी सेमिनार, खेलकुद आदि क्षेत्रमा रही काम गर्नुको बिकल्प नरहेको बताए। उनले अष्ट्रेलियामा नयाँ पीढ़ीले एनआरएनए बाट रचनात्मक काम होस भन्ने चाहना रहेको समेत बताए ।

उनले एनआरएनएको निर्वाचनमा बाट युवा सदस्यमा आफु उम्मेदवार रही रहदा यहाँ रहेका युवाको हरेक समस्यालाई आफुले प्रत्यक्ष बुझेको र सोही अनुरूप काम गर्न सकने क्षमता र बिश्वास रहेको समेत बिश्वपाटीलाई बताए। संस्थाको साख जोगाऊनका निम्ति सम्पूर्ण मतदाताहरूमा टिम परिवर्तनलाई भोट गरी बिजयी गराऊनु हुन अनुरोध संगै आग्रह गरेका छन ।

बस्याल नेपाली चलचित्र, मिडिया क्षेत्रमा समेत आवद्ध छन, उनी युवा मैत्री बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरूमा भाग समेत लिएका छन ।

उक्त उम्मेदवार घोषणा सभामा समाजका पुराना व्यवसायी, समाजसेवी, पूर्व एनआरएनमा रहेका लामो समय काम गरेका व्यक्तिहरू, युवाहरू र एनएसडब्लु संगै अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

टिम परिवर्तनको तर्फबाट अध्यक्षको रुपमा नेपाली समाजमा चिर परिचित एवं सामाजिक व्यक्ति देब बहादुर गुरुंग र महासचिवमा बिगत १ दशक भंदा लामो समय एनआरएनए मा काम गारिसकेकी महिला आवाजको नेतृत्व समाजसेवी उषा किरण बारिया रहेकी छन भने न्यु साउथ वेल्स राज्यको संयोजकको लागी अशोक उप्रेती रहेका छन। यो संगै टिम परिवर्तनको जीत पक्का रहेको कुरा टिम परिवर्तन बाट बिश्वपाटीलाई  बताए ।

एनआरएनए अष्ट्रेलियाको २०२३-२०२५ को नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई २९ तारिखमा निर्वाचन हुँदैछ।

२०८० असार २०, बुधबार प्रकाशित 1 Minute 1055 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।