२०८१ माघ १ मंगलवार

एनआरएनए न्यु साउथ वेल्स सह-सचिवमा आयुष अधिकारी बलियो दाबेदार ।

एनआरएनए न्यु साउथ वेल्स सह-सचिवमा आयुष अधिकारीको जीत सुनिश्चित ।

 

सिडनी, एनआरएनए अष्ट्रेलियाको वर्ष २०२३-२०२५ को लागी चुनावको लागी अष्ट्रेलियामा यति बेला फरक माहोल बनेको छ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरू यति बेला आगामी चुनावी सरगममा आफु, सामाजिक भावना बोकेका उम्मेदवार, आफ्नो पक्षको उम्मेदवार आदि व्यक्ति लाई जिताऊनका निम्ति सामाजिक संजालमा प्रचार सामग्री सम्प्रेषण गर्ने, भोट माग्नका निम्ति बिभिन्न समूह बीच आपसी छलफल, भोट माग्न को लागी फोन सम्पर्क आदि इत्यादि गर्ने कार्य चरम बिन्दुमा पूगेको छ ।

यसै बीच नेपाली समाजमा लामो समय बिभिन्न सामाजिक संस्थामा रही काम गर्दाको अनुभव संगालेर न्यु साउथ वेल्स राज्य कमिटीको लागी टिम परिवर्तन बाट सह-सचिवको रुपमा आयुष अधिकारीले आफ्नो बलियो दाबेदार सहित उम्मीदवारी घोषणा गरेका छन ।
उनी करीब १ दशक लामो समय अष्ट्रेलियामा बस्दै आएका छन । उनको पृष्ठभुमी सामाजिक सेवा मार्फत आफूलाई समाजमा परिचित बनाऊन सफल भएको बिश्वपाटीलाई बताएका छन ।

उनी सिडनीमा नेपालीहरूको बाक्लो बस्ती रहेको अबर्न मा बस्दै आएका छन । अबर्न नेपलिज कम्युनिटीमा उनी सचिवको जिम्मेवारी समेत कुशलता पूर्वक सम्हालेक छन । यस्तै हेटौड़ा मकवानपुर कम्युनिटीमा पनी उनी सदस्यको रुपमा रहेका छन । यस्तै अनेक नेपाली सामाजिक संस्थामा उनी आवद्ध रहदै सामाजिक सेवामा जोड़ीएका छन ।

यति मात्र होइन उनी नेपाल रहदा समेत बिभिन्न अन्तराष्ट्रिय संस्थामा काम गरेका थिए । उनी इंटर्याक्ट् क्लब अफ हेटौड़ाको संस्थापक समेत हुन भने इंटर्याक्ट् क्लब अफ बिरगंजको समेत संस्थापक उपाध्यक्ष हुन । यस्तै अनेकौ सामाजिक संस्था मार्फत जोड़ीएका उनी आफुलाई समाज सेवा गर्नु एक धर्म रहेको बताऊछन ।

उनको यस उम्मेदवारी संगै बिभिन्न सामाजिक व्यक्तिहरू द्वारा खुलेर प्रशंसा समेत गरेका छन । उनको जीत समेत पक्का रहेको नेपाली समाजमा सुन्न र बुझन पाइएको छ । उनी टिम परिवर्तन बाट उम्मेदवार रहेका छन भने उक्त टिम बाट अष्ट्रेलियाको अध्यक्ष पदका लागी सामाजिक व्यक्ति देब बहादुर गुरुंग र न्यू साउथ वेल्समा अशोक उप्रेती संयोजकको रूपमा रहेका छन ।

निर्वाचन आऊदो जुलाई २९ गतेका दिन हुन गईरहेको छ । यस पालीको चुनावमा अनलाइन भोटिंग हुने भएको छ ।

२०८० असार २१, बिहीबार प्रकाशित 1 Minute 1118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।