
प्रयाग राज जोशी !
गौरिगंगा नगरपालिका १० ,उदासिपुर
कैलाली,हाल अभिनासि त्रिपुर तामिल नाडु भारत!!
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
जागौ उठौ नेपाली हो देसका दाजुभाइ
दिदी बहिनी आमा बुबा गाउले सबैलाइ
सामन्त ले सिमा नाघ्यो छायो अन्धकार
कैले आउछ खुसियाली हाम्रो गाउघर
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
घर सोसे वडा नि सोसेर सिङ्गो देस सोसे
बजेट आउछ विकास को कसको मुखमा पसे
बाकि छैनन् कार्यालय कुनै जिल्ला भरका
ढुकुटी देसको लुट्ने ठुलाइ बडा घरका
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
आदिवासी जनजाति सबको भलो गर्ने
भन्थे यिनै चोरनेता आज आफ्नै पेट भर्ने
को पुच्छ बिधवा टुहुरा का आँसु का धारा
राष्टका जो खम्बा थिए ढलाइ सके सारा
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
आसे पासे नाता गोता सब मिलि पेट भर्ने
भन्छन अझै खान न पुगि mcc पास गर्ने
मारमा छ गरिबि जनता चुसेकै छौ खुन
गणतन्त्र को झुटो भाषण लुटतन्त्र को धुन
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त