“युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सृजनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको सङ्ख्या कुल जनसङ्ख्याको ३८.८५ प्रतिशत रहेको छ । गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको मेरुदण्ड भएकोले युवाहरूको सर्वा·ीण विकास गरी उनीहरूको क्षमता राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरुरी भएको छ ।” विसं २०६६ सालमा तर्जुमा भएको राष्ट्रिय युवा नीतिको एउटा अंश हो यो ।
राष्ट्र निर्माणमा युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ”–यो नीतिमा भन्न खोजिएको र सबैले जानेको पनि यही हो । तर विडम्बना देशको अहिलेको अवस्थाले यस्तो भएको देखाउँदैन । राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्नुपर्नेहरू, राष्ट्र निर्माणको ठेक्का लिएकाहरूबाट युवा वर्ग उपेक्षित हुँदैछ । परिणामस्वरूप दैनिक सयौं युवा पलायन भइरहेका छन् । केही देशमैं जेनतेन गुजारा चलाउँदैछन् । केही आम्दनीको लागि गलत बाटो हिंड्दैछन् । केही राष्ट्र निर्माण गर्ने ठेक्का पाएकाहरूको पिछलग्गू बनेका छन् । उनीहरूको निजी स्वार्थपूर्तिको माध्यम/हतियार बनेका छन् । केहीलाई राष्ट्रको मतलब नै छैन । बचेका केहीले अवसर पाएका छन् तर निर्णायक तहसम्म पहुँच छैन । यो अवस्थामा युवाले कसरी राष्ट्र निर्माण गर्न सक्छ ? युवाहरूको चौतर्फी विकास, राज्यको सबै अ·मा उनीहरूको पहुँच पुर्याउने तथा आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा युवाको सहभागिता बढाउन सके मात्र युवाहरूले राष्ट्र निर्माण गर्न सक्छन् । विडम्बना यस्तो हुन सकेको छैन । केही कारण केलाउने प्रयास गरौं– मुलुकको अस्थिर राजनीति : पहिलो संविधानसभा, संविधान जारी नगरी भ· भएपछि दोस्रो संविधानसभाको निर्वाचन भयो । यो अवस्थामा युवाका मुद्दाहरू सम्बोधन हुन सकिरहेको छैन । युवा नीति पनि गौण छ ।
सधैं सत्तामा रहन चाहने राजनीतिक दलहरूका लागि पनि भोटनीतिभन्दा ठूलो र प्यारो कुनै अर्को नीति भएन । हुने कुरै भएन । त्यसैले मुलुकको राजनीति स्थिर नभएसम्म युवाको मुद्दा सम्बोधन हुने आशा नगरेकै बेश । मुलुकको राजनीति नै चौपट भएको बेला युवानीतिबारे कसले सोचोस् ? जिम्मेवार निकायको लापरवाही : स्थानीयस्तरमा युवाहरूको क्षमता विकास र अवसर प्रदान गर्ने जिम्मेवारी बोकेका निकायहरूको भूमिका सन्तोषजनक देखिंदैन । कर्मकाण्ड पूरा गर्नेभन्दा फरक भूमिका पाउन सकेका छैनन् । युवाहरूको विकासको सबैभन्दा बलियो आधार मानिएको युवा नीति कार्यान्वयन गर्ने जिम्मेवारी जिल्ला विकास समितिले पाएको छ । तर, उसले आफ्नो जिम्मेवारी पूरा गर्ने सवालमा निकै कन्जुस्याइँ देखाइरहेको छ । जिविसको अवस्था पनि देशको राजनीतिजस्तै लथालि· छ । विकास निर्माणको काम नै राम्ररी सम्पन्न गर्न नसकिरहेको अवस्थामा युवा नीति उसका लागि घाँडो भएको छ । विकास निर्माणको उधारो र अपूरो खाता मिलाउँदामिलाउँदै जिविसले युवा नीतिको खाता खोल्ने फुर्सद नै पाएको छैन । जसले गर्दा युवा नीति कागजमा मात्रै सीमित छ । राजनीतिक दलहरूको स्वार्थीपना : युवा समूह राजनीतिक दलहरूका मेरुदण्ड हुन् । त्यसैले हरेक दलको युवा दस्ता हुन्छ । राजनीतिक दलहरूको प्रत्येक कार्यक्रम/अभियान/आन्दोलन सफल पार्न युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । तर राजनीतिक दलहरूले भने युवालाई हतियारको रूपमा मात्र प्रयोग गरिरहेका छन् । युवा भनेको उनीहरूको स्वार्थसिद्धिको माध्यम मात्र भएका छन् ।
सबै भ्रातृ युवा स·ठनहरू माउ पार्टीको इशारामा चल्ने रोबोट बनेका छन् । हडताल, जुलुस, चक्काजाम वा अरू पार्टी तर्साउने काममा मात्र युवाहरूलाई प्रयोग गरेको पाइन्छ । युवाहरूको क्षमता र व्यक्तित्व विकासमा भने उनीहरूको ध्यान रत्तिभर पुग्न सकेको छैन । गैरसरकारी संस्थाको डलरे प्रवृत्ति देशभर हजारौंको सङ्ख्यामा गैरसरकारी संस्थाहरू छन् । तीमध्ये धेरैको विधानमा ‘युवाहरूको चौतर्फी विकासमा पहल गर्ने’ युवा लक्षित बुँदाहरू उल्लेख हुन्छ तर त्यो बुँदामैं सीमित रहन्छ । कुनै दातृ निकायले दान दिए मात्र काम गर्ने संस्थाहरूले सही मानेमा युवाहरूको लागि काम गर्न सकिरहेका छैनन् या भनौं गरिरहेका छैनन् । गरे पनि बजेट सिध्याउने उद्देश्यले मात्र गरिरहेका छन् । आकर्षक कार्ययोजना देखाएर डलरको खेती गर्ने यस्ता डलरे प्रवृत्तिका गैरसरकारी संस्थाका कारण पनि युवा नीति कार्यान्वयनमा समस्या देखिएको छ । सञ्चारमाध्यमको उपेक्षा : युवाहरूको मुद्दाले अझैसम्म पनि सञ्चारमाध्यमको ध्यानाकर्षण गर्न सकेको छैन । युवामुद्दामा सञ्चारमाध्यमले ध्यान नदिएको पनि हुन सक्छ । जे होस् युवाहरूको मुद्दा सञ्चारमाध्यमको उपेक्षाको शिकार भने भएकै छ । राजनीतिक घटनाक्रम र अन्य विषयमा अल्झिएका नेपाली सञ्चारमाध्यमले युवा र युवानीतिको विषय उल्लेख्य मात्रामा उठान गर्न सकेका छैनन् । युवाहरूको गैर जिम्मेवारीपन : युवाहरू आफ्नो क्षमता अनुसार अघि बढ्न नसक्नुको एउटा कारक तत्त्व युवा आफैं हुन् ।
भनिएकै छ–जबसम्म पाउनुपर्नेले माग्दैन, दिनेले पनि दिने तत्परता देखाउँदैन । युवाहरूको हकमा पनि यस्तै भइरहेको छ । उनीहरूलाई राज्यबाट केके पाउनुपर्छ भन्ने जानकारी नै छैन । युवा नीति भनेको के हो, यसको महत्त्व के छ भन्ने बिषय अधिकांश युवाको चासोको विषय नै बनेको छैन । जसको नकारात्मक असर अप्रत्यक्षरूपमा उनीहरूलाई नै परिरहेको छ । अरू शक्तिको स्वार्थ सिद्धिका लागि लड्ने युवा वर्ग आफ्नो अधिकारका लागि भने अहिलेसम्म चुपचाप छ । कहींकतै उठेका आवाज दबेका छन् या दबाइएका छन् । यिनै कारणले गर्दा युवाको समस्या सम्बोधन हुन सकेको छैन । युवा नीति पनि कागजमा मात्र सीमित हुन पुगेको छ । जसका कारण युवाहरू नेतृत्वदायी भूमिकाबाट वञ्चित भएका छन् । “युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सृजनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको सङ्ख्या कुल जनसङ्ख्याको ३८.८५ प्रतिशत रहेको छ । गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको मेरुदण्ड भएकोले युवाहरूको सर्वा·ीण विकास गरी उनीहरूको क्षमता राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरुरी भएको छ ।” विसं २०६६ सालमा तर्जुमा भएको राष्ट्रिय युवा नीतिको एउटा अंश हो यो । राष्ट्र निर्माणमा युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ”–यो नीतिमा भन्न खोजिएको र सबैले जानेको पनि यही हो । तर विडम्बना देशको अहिलेको अवस्थाले यस्तो भएको देखाउँदैन । राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्नुपर्नेहरू, राष्ट्र निर्माणको ठेक्का लिएकाहरूबाट युवा वर्ग उपेक्षित हुँदैछ । परिणामस्वरूप दैनिक सयौं युवा पलायन भइरहेका छन् । केही देशमैं जेनतेन गुजारा चलाउँदैछन् । केही आम्दनीको लागि गलत बाटो हिंड्दैछन् । केही राष्ट्र निर्माण गर्ने ठेक्का पाएकाहरूको पिछलग्गू बनेका छन् । उनीहरूको निजी स्वार्थपूर्तिको माध्यम/हतियार बनेका छन् । केहीलाई राष्ट्रको मतलब नै छैन । बचेका केहीले अवसर पाएका छन् तर निर्णायक तहसम्म पहुँच छैन ।
यो अवस्थामा युवाले कसरी राष्ट्र निर्माण गर्न सक्छ ? युवाहरूको चौतर्फी विकास, राज्यको सबै अ·मा उनीहरूको पहुँच पुर्याउने तथा आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा युवाको सहभागिता बढाउन सके मात्र युवाहरूले राष्ट्र निर्माण गर्न सक्छन् । विडम्बना यस्तो हुन सकेको छैन । केही कारण केलाउने प्रयास गरौं– मुलुकको अस्थिर राजनीति : पहिलो संविधानसभा, संविधान जारी नगरी भ· भएपछि दोस्रो संविधानसभाको निर्वाचन भयो । यो अवस्थामा युवाका मुद्दाहरू सम्बोधन हुन सकिरहेको छैन । युवा नीति पनि गौण छ । सधैं सत्तामा रहन चाहने राजनीतिक दलहरूका लागि पनि भोटनीतिभन्दा ठूलो र प्यारो कुनै अर्को नीति भएन । हुने कुरै भएन । त्यसैले मुलुकको राजनीति स्थिर नभएसम्म युवाको मुद्दा सम्बोधन हुने आशा नगरेकै बेश । मुलुकको राजनीति नै चौपट भएको बेला युवानीतिबारे कसले सोचोस् ? जिम्मेवार निकायको लापरवाही : स्थानीयस्तरमा युवाहरूको क्षमता विकास र अवसर प्रदान गर्ने जिम्मेवारी बोकेका निकायहरूको भूमिका सन्तोषजनक देखिंदैन । कर्मकाण्ड पूरा गर्नेभन्दा फरक भूमिका पाउन सकेका छैनन् ।
युवाहरूको विकासको सबैभन्दा बलियो आधार मानिएको युवा नीति कार्यान्वयन गर्ने जिम्मेवारी जिल्ला विकास समितिले पाएको छ । तर, उसले आफ्नो जिम्मेवारी पूरा गर्ने सवालमा निकै कन्जुस्याइँ देखाइरहेको छ । जिविसको अवस्था पनि देशको राजनीतिजस्तै लथालि· छ । विकास निर्माणको काम नै राम्ररी सम्पन्न गर्न नसकिरहेको अवस्थामा युवा नीति उसका लागि घाँडो भएको छ । विकास निर्माणको उधारो र अपूरो खाता मिलाउँदामिलाउँदै जिविसले युवा नीतिको खाता खोल्ने फुर्सद नै पाएको छैन । जसले गर्दा युवा नीति कागजमा मात्रै सीमित छ । राजनीतिक दलहरूको स्वार्थीपना : युवा समूह राजनीतिक दलहरूका मेरुदण्ड हुन् । त्यसैले हरेक दलको युवा दस्ता हुन्छ । राजनीतिक दलहरूको प्रत्येक कार्यक्रम/अभियान/आन्दोलन सफल पार्न युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । तर राजनीतिक दलहरूले भने युवालाई हतियारको रूपमा मात्र प्रयोग गरिरहेका छन् । युवा भनेको उनीहरूको स्वार्थसिद्धिको माध्यम मात्र भएका छन् ।
युवाहरूको गैर जिम्मेवारीपन : युवाहरू आफ्नो क्षमता अनुसार अघि बढ्न नसक्नुको एउटा कारक तत्त्व युवा आफैं हुन् । भनिएकै छ–जबसम्म पाउनुपर्नेले माग्दैन, दिनेले पनि दिने तत्परता देखाउँदैन । युवाहरूको हकमा पनि यस्तै भइरहेको छ । उनीहरूलाई राज्यबाट केके पाउनुपर्छ भन्ने जानकारी नै छैन । युवा नीति भनेको के हो, यसको महत्त्व के छ भन्ने बिषय अधिकांश युवाको चासोको विषय नै बनेको छैन । जसको नकारात्मक असर अप्रत्यक्षरूपमा उनीहरूलाई नै परिरहेको छ । अरू शक्तिको स्वार्थ सिद्धिका लागि लड्ने युवा वर्ग आफ्नो अधिकारका लागि भने अहिलेसम्म चुपचाप छ । कहींकतै उठेका आवाज दबेका छन् या दबाइएका छन् । यिनै कारणले गर्दा युवाको समस्या सम्बोधन हुन सकेको छैन । युवा नीति पनि कागजमा मात्र सीमित हुन पुगेको छ । जसका कारण युवाहरू नेतृत्वदायी भूमिकाबाट वञ्चित भएका छन् ।