२०८० जेष्ठ १६ मंगलवार

नेकपा एमाले पोखरा-८ को अध्यक्षमा अर्जुन श्रेष्ठ ।

पोखरा । नेकपा (एमाले) पोखरा महानगरपालिका ८ वडा कमिटीको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा वडा कमिटी चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा कमला गिरी, सचिवमा दीपक घिमिरे, उपसचिवमा गिरिधारी अधिकारी र गोबिन्द बराल चयन भएका छन ।

यसै क्रममा आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ।

विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ। आगामी मंसीर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ।

२०७८ कार्तिक ८, सोमबार प्रकाशित 0 Minutes 323 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार