२०८१ बैशाख ८ शनिबार

वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्छ : एमाले!!(विज्ञप्ति सहित )

१५ माघ, काठमाडौं । नेकपा एमालेले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तहमा निर्वाचित कार्यकारिणीबाहेक स्थानीय तह सञ्चालनका लागि वैकल्पिक व्यवस्था नगरेको भन्दै २०७४ सालमा निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन गर्न सरकारलाई आग्रह गरेको हो ।

सरकारले स्थानीय तह नर्वाचन समयमा नगर्ने प्रयास गरिरहेको भन्दै एमालेले संविधान पालना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले समयमा निर्वाचन नगर्ने मनसायले नै संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएको भनेर भ्रम छरिरहो पनि एमालेको आरोप छ ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले विज्ञप्तिमा भनेका छन्, ‘अहिले निर्वाचन नगर्ने बदनियतले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाझिएको भन्ने भनाइ पूर्णत: भ्रमपूर्ण रहेको छ । भ्रम छरेर र जनतालाई गुमराहमा राखेर संविधान कुल्चने गठबन्धन सरकारको जुनसुकै कदमलाई हामी भर्त्सना गर्दछौं ।’

२०७८ माघ १६, आईतवार प्रकाशित 0 Minutes 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार