२०७९ आश्विन ११ मंगलवार

भोलि बस्ने संसद् बैठककाे कार्यसूचीमा परेन एमसीसी सम्झौता!!

काठमाण्डाै – प्रतिनिधि सभाको भोलि बुधवार बस्ने बैठकमा पनि अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने सम्भावना बढेको छ । संसद् सचिवालयले भोलिका लागि आज मङ्गलवार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसकाे विषय समावेश गरिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि कार्यसूचीमा एमसीसी समावेश छैन ।

भोलिका लागि प्रकाशन भएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

२०७८ फाल्गुन ३, मंगलवार प्रकाशित 0 Minutes 38 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार