२०८१ बैशाख १४ शुक्रबार

रामनारायण विडारीको सांसद पद चैट, उनी सहित अरु को-को?

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता, बरिष्ठ अधिवक्ता तथा प्रतिनिधिसभा सदस्य रामनारायण विडारीको सांसद पट चैट भएको छ । २०७४ सालमा राष्ट्रपतिबाट मनोनित भइ गोलाप्रथावाट चारवर्षे कार्यकालमा परेका विडारीको सांसद पद चैट भएको हो ।

उनीसहित २० सांसदको पदावधि आजबाट सकिँदैछ ।

रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चारवर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् ।

नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ ।

२०७५ असार ४ मा भएको गोलाप्रथाअनुसार आजबाट रिक्त हुने सांसदले चारवर्षे कार्यकालका चिठ्ठा समाएका थिए ।

सांसद रामनारायण विडारी माओवादी केन्द्रको कोटाबाट मनोनित सांसद हुन् ।

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार