२०८१ बैशाख १३ बिहीबार

पोखरा -२१, दम्सादी -मासपाटन टोलमा नेकपा एमालेको टोल कमिटी गठन ।

०३ चैत्र २०७८,पोखरा -२१
निर्मलपोखरी-कृस्तीनाच्नेचौर,दम्सादी -मासपाटन टोलमा नेकपा एमाले को टोल कमिटी गठन ।
४ गुणा बढी मतान्तर हुने नेकपा (एमाले ) को अपराजयी अभेध्य किल्ला पोखरा २१ को दम्सादी-मासपाटन टोलमा सु-सप्पन्न बृहत् भेलाले नेकपा (एमाले ) का स्थानीय युवा नेता क. भिमलाल आचार्य अध्यक्ष ,क. हुमनाथ आचार्य उपाध्यक्ष ,क.प्रकाश भण्डारी सचिव र उप सचिवद्वय क.पवित्रा भण्डारी र क. मनिष आचार्य रहेको २१ सदस्यीय टोल सङ्गठन कमिटी गठन गरेको छ।
नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष क. तेजनारायण अधिकारीले ब्यानरमा हस्ताक्षर गरी टोल भेलाको उद्घाटन गर्नुभयो। नेकपा एमाले ,कास्कीका उपाध्यक्ष क.तेजनारायण अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलाको सभापतित्व नेकपा एमाले पोखरा -२१ दम्सादी-मासपाटन टोल कमिटीका अध्यक्ष क.धर्म आचार्यले गरेको कार्यक्रमको संचालन पार्टी वडा कमिटीका सचिवालय सदस्य क. शालिक भण्डारीले र स्वागत वडा कमिटीका नेता एवं सचिवालय सदस्य कुलदीप आचार्यले गर्नुभएको थियो। नेकपा का संस्थापक महासचिव क. पुष्पलालका २०२३ सालदेखिका अनन्य बेपत्ता मित्र यमनाथ आचार्य ,नेकपा एमाले को तर्फबाट २०४९सालको स्थानीय निकाय निर्वाचनमा पार्टीको तर्फबाट निर्बाचित जनप्रतिनिधि क. कृष्ण प्रसाद आचार्य ,नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता र आज फाल्गुन २१ झापा बिद्रोहको दर्वियानमा सहादत प्राप्त गर्नु भएका सहीदहरु लगायत ज्ञात् -अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शुरु भएको कार्यक्रममा नेकपा एमाले कास्कीका उपाध्यक्ष क. तेजनारायण अधिकारीले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ले ६७४३ वडा र ७५३ स्थानीय तहमा ६५ – ७० % स्थानमा बिजयी हासिल गर्ने कुरा ठोकुवा गर्नुभयो। पाच दलीय गठबन्धन मात्र हैन ,एमालेको विरुद्धमा एकाकार हुने सबै शक्तिहरु निर्वाचनको मैदानबाट तितरबितर हुने र नेकपा एमाले को बिजय यात्रालाई दुनियाँका कुनै प्रतिक्रियावादी ,दक्षिणपन्थी र उग्रवामपन्थीहरुले किन्चित रोक्न नसक्ने कुरामा जोड दिनुभयो। सो भेलामा एमाले कास्कीका युवा नेता क. झपट रानाभाटले सामाजिकआर्थिक परिवर्तन र जनताको मुक्तिकामी आन्दोलनलाई नेकपा एमालेले राजनीति मार्फत भौतिक र पूर्वाधारहरुको निर्माण अनि जनताको समृद्धि सित जोडेको कुरामा जोड दिनु हुँदै राष्ट्रियता,जनजीवीकाको ग्यारेन्टीलाई अलि नजिक तुल्याउदै सामाजिक परिवर्तन र बिभेदरहित समाज ब्यवस्था स्थापना गरी सुखी नेपाली र समृद्द नेपालको महान अभियानलाई मूर्त रुप दिन आगामी सबै तहका निर्वाचनमा नेकपा एमाले लाई बिगत झैं अमूल्य मत दिई बिजयी तुल्याउनुको कुनै बिकल्प छैन भन्दै काङ्ग्रेस ,माओबादी केन्द्र र केही अबैध रूपमा खोलिएकाभूरेटाकुरे पार्टीको औचित्यता र उपयोगिता पूरै समाप्त भैसकेकोले नेकपा एमालेलाई आगामी निर्वाचनमा जनसमुदायले पूर्ण रूपमा जिताई समृद्दिको यात्राको नेतृत्व गर्न दिने कुरामा पूरा बिश्वास व्यक्त गर्नुभयो । नेकपा एमाले पोखरा -२१ का अध्यक्ष क. राजेन्द्र बहादुर थापा , तत्कालीन पोखरा -२४ कृस्तीमा एमाले का पूर्व अध्यक्ष क. दिपक सुबेदी,एमाले पोखरा -२१ का उपाध्यक्ष क. खगराज न्यौपाने ,युवा नेता नगेन्द्र पोख्रेल , कमल गुरुङ्ग,सचिव क. रोशन भट्टराई , त्यस क्षेत्रका पाका नेताहरु रामजी भण्डारी , जीवनाथ पराजुली ,कृष्ण पराजुली तथा वडा कमिटीका भीमा सुवेदी सिग्देल ,बाबुराम पौडेल लगायतले पार्टीको आगामी कार्यभार ,स्थानीय तहको निर्वाचन र बिकास -निर्माणलाई पार्टीसित जोड्नुपर्ने कुरामा जोड दिनुभयो।
२१ सदस्यीय कमिटीको ७ सदस्यीय सल्लाहकार कमिटीमा कृष्णप्रसाद आचार्य ,खिमलाल पराजुली ,कृष्ण प्र. पराजुली ,रेवती आचार्य ,उमानाथ भण्डारी ,उमनाथ अधिकारी र चिरञ्जीवी भण्डारी रहनु भएको छ।

२०७८ चैत्र ३, बिहीबार प्रकाशित 1 Minute 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार