२०८१ बैशाख ८ शनिबार

उद्घाटन ल्यापटपको सुइच थिचेर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा वडा नं ७ अधिवेशन सम्पन्न!!

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर पालिका वडा नं ७ मासबार को प्रथम वार्ड अधिवेशन सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सभाध्यक्षले  ल्यापटप को सुइच थिचेर गरेका थिए।

शकुन्तला सोति (कोषाध्यक्ष महानगर कमिटी ) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि : पुरुषाेतम रेग्मी (नेकपा एमाले वडा ७ महानगर इन्चार्ज )रहेका थिए ।विशेष अतिथि : गणेश श्रेष्ठ( वडा एमाले सचिब) ,योगेन्द्र बहादुर थापा( शिक्षक प्रतिनिधि ) रहनुभएको बताए।अतिथिमा बिजय आचर्य (NNTA आजिबन सदस्य रहेका थिए ।


स्वागत मन्तव्य किशान भणडारी ले गर्नु भयो भने,शुभकामना मन्तव्य क्रमशः गणेश श्रेष्ठ , टीकाराम लामिछाने ले गर्नु भएको थियो।
त्यस भेलाबाट सर्बसम्मत रुपमा दिनेश बरालको नेतित्वमा निम्नबमोजिमका पदअधिकारी चयन भएका छन ।


अध्यक्ष: दिनेश बराल,उपाध्यक्ष: यशाेदा आचर्य,सचिव : गोकुल प्रसाद पौडेल ,कोषाध्यक्ष: दिपा राई ,सदस्यहरुमा किशन भण्डारी,बिजय गौतम, पबित्रा गिरि ,माहिला घले ।सल्हाकारमा भने टीकाराम लामिछाने र योगेन्द्र बाहदुर थापा चयन भएका छन ।


नवनिर्वाचित पदाधिकारीलाई अध्यक्षता गर्नुभएको सकुन्तला सोति ले सपथ ग्रहण गराएका थिए र सम्पूर्ण लाइ हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना दिए ।


उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति पुरुषोतम रेग्मी ले अबको शिक्षा सुचना प्रविधी हुनुपर्नेमा जोड दिए। शिक्षकहरुलाई उचित तालिम तथा पोत्साना का कार्यक्रम आगामी दिनमा ल्याउने र आफु सदैब शिक्षा प्रेमी र शिक्षकहरुसँगै रहेको बताए । आफुले सक्ने सम्पुर्ण सुबिधा बिद्यालयलाई बिगत देखि बर्तमान सम्म आफु ले खेलेको भुमिका र सधैं भर बालबालिका लाइ उचित सहयोगिहरु लेराउने आफु बाट सकेको पहल गर्ने जिकिर सहित नबनिर्बाचित कमिटी लाई सफल कार्यकाल को शुभकामना दिनुभएको थियोे ।
महानगर अध्यक्ष बिष्णु हरि त्रिपाठि ,उपाध्यक्ष देवी के सि ले समेत फोन मार्फत  कार्यक्रम को भब्य  शुभकामना दिनु भएको थियो।

उक्त वडा पार्टी अध्यक्ष किशोर बराल कार्य बेस्तता को कारण उपस्थिति हुन नसकेकाले फोन मार्फत कार्यक्रमको भब्य शुभकामना दिएका थिए ।
निर्बाचित अध्यक्ष ले आफुले मात्र नभई सम्पुर्ण को साथ सहयोग साथै अधि बढने प्रतिबद्धता सहित आउदो दिनमा रोमान्चक कार्यक्रम साथै सदस्य साथिहरु लाइ समेत उचित जिम्मेवारी दिने भन्दै अफ्नो भनाइ रखेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन वडा इन्चार्ज सुनिल खड्का ले गरेका थिए भने सम्पूर्ण कमिटी लाई बधाई ज्ञापन गर्नुभयो भने आउदो दिन मा विभिन्न कार्यक्रम सहित प्रस्तुत हुने बताए ।

२०७८ चैत्र ४, शुक्रबार प्रकाशित 1 Minute 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार