२०८१ बैशाख ६ बिहीबार

कपिलवस्तुका दुई सांसदसहित संयौ नेता कार्यकर्ता एमालेमा प्रवेश!!

काठमाडौं।कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा संघीय संसदको प्रतिनिधि सभामा विजयी सांसद वृजेश कुमार गुप्ता र लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित गुप्ता र कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भएका श्रीवात्सवलाई सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीले
तौलिहवा नगरपालिकामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमालेमा स्वागत गरेका हुन्।

गुप्ता र श्रीवात्सवसँगै कपिलवस्तु नगरपालिकाका पूर्व मेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा पनि एमाले प्रवेश गरेका छन्।

यसैगरी, कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्तासहित एमाले प्रवेश गरेका छन्। विभिन्न राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र, राप्रपा लगायतबाट एमाले प्रवेश गरेका छन्।

२०७८ चैत्र १४, सोमबार प्रकाशित 0 Minutes 277 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार