२०८१ बैशाख ८ शनिबार

१० बुँदे सहमति सहित मिल्यो एमाले

१० बुँदे सहमति सहित मिल्यो एमाले

काठमाडौँ-

नेकपा एमालेका समस्या समाधान गरेर एकताबद्ध हुने निर्णय कार्यदल बैठकले गरेको छ।

तेह्र घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले भने- ‘एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको छ।’ कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको हो।

नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्।

एमालेका सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई सुनाए।

दस बुँदे प्रस्तावमा एकता कमजोर भएको उल्लेख गर्दै यस्तो स्थितिको अन्त्य गर्न एकताको रक्षा र विकास र सुदृढीकरणका लागि निर्णय गरिएको उल्लेख छ।

कटुतापूर्ण अन्तरविरोधलाई विधिसम्मत अन्त्य गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा फर्कने, २०७७ फागुन ४ गतेको निर्णयपछि एमालेमा आएकाहरुलाई राखी अन्यलाई पुरानै अवस्थामा राख्ने सहमति पनि कार्यदलबीच भएको छ। सदस्यता नवीकरणलगायत महाधिवेशनका लागि कार्यदल गठन गरिने सहमति पनि भएको छ। कार्यदलको सिफारिस कार्यान्वयनका लागि स्थायी समिति बैठक बस्ने सहमति पनि भएको छ।

विवाद समाधान कार्यदलको बैठक आइतबार १३ घन्टामा बल्ल सकिएको हो। बिहान ९ बजे सुरु भएको बैठक राति सवा दस बजे सकिएको हो।

दिनभरि बसेको बैठकका क्रममा घनश्याम भुसाल, बिष्णु पौडेल, रघुजी पन्तलगायतका नेता बीचमै बाहिरिँदै बैठकस्थलमा फर्केका थिए। नेपाल पक्षका नेता भुसालले बैठकका बीचबाट बाहिरिएर बानेश्वर पुगी नेता नेपाललाई बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो।

२०७८ असार २७, आईतवार प्रकाशित 1 Minute 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार