२०८१ बैशाख ८ शनिबार

राष्ट्रिय युवा संघ नेपाल धादिङ को आठौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कमल सिलवाल ।

दुबई, सन्तोष अधिकारी ।

जहाँ युवा त्यहा एमाले को नारा सहित राष्ट्रिय युवा संघ नेपाल धादिङको आठौं जिल्ला अधिवेशन आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय संयोजक, नेकपा एमाले केन्द्रीय कमिटि सदस्य किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रमको बिषेश अतिथि नेकपा एमाले धादिङ जिल्ला कमिटि अध्यक्ष भुमी त्रिपाठी रहनु भएको थियो। आठौ अधिबेशन बाट सर्बसम्मत रुपमा कमल सिलवालको नेतृत्वमा १४५ सदस्य रहेको मजबुध जिल्ला कमिटिको नेतृत्व चयन गरेको थियो भने उपाध्यक्षमा सुनिता तामाङ, सचिव हरि शरण जमर्कटेल, उपसचिवमा साजन गुरूङ , युवराज खतिवडा र काेषाध्यक्षमा अजय गुरूङ तथा सदस्यहरू लाई चयन गरेको थियो।

यहि टिमले छिटै गाउँपलिका, वडा , नगर र ज़िल्ला कमिटि चयन गरेर चुनावको लागि तयार का निम्ति किरण पौडेलले निर्देशन समेत दिनु भएको छ। आफ्नो पछाडि यो ४० दिनको अवधिमा १०-१० जाना समर्थकको पङ्ति निर्माण गर्ने प्रण लियर यो मैदान बाट फिर्ता हौं हामी कुनै पनि निर्वाचनमा कोही संग प्रतिस्पर्दा महसुस गर्नु पर्दैन हरेक निर्वाचन नेकपा एमालेले मय हुन्छ भनेर राष्ट्रिय युव संघ नेपाल अध्यक्ष, नेकपा एमाले केन्द्रीय सदस्य किरण पौडेल ले धादिङ आठौं अधिवेशनमा आफ्नो मन्तब्य राख्नु भयो । हजुरहरू जनताको माझमा जादा तथा गईरहदा तपाई हरू बिरूद्ध विभिन्न हमला , घेरा बन्धि होला, अन्य किसिमको बाधा बेब्धान होलान त्यो कुराको पछाडि हामी लाग्न जरूरी छैन भनेर भन्नू भएको थियो ।

उहाले धादिंगको १०४ वटा वडा सम्म उत्प्रेरक खटायर काम र कर्तव्य को बारेमा जानकारी दिएर अगि बढ्न सबैलाई जानकारी दिनु भयो। यो निर्वाचनमा मात्रै नभयर ३ तहकै निर्वाचनमा हामी निर्बाचनको निर्णायक भुमिका निर्वाहा गर्न लाई युवा संघ मजबुध भयर अगि बढ्नु पर्ने कुरा पनि उल्लेख गर्नु भयो।

युवा शक्ति लाई सहि ढङ्गले चुनाबमा परिचालन गर्ने गरि सबै सहकार्य गरेर अगि बढ्नु पर्ने कुरा उल्लेख गर्नु भयो। चितवन १० औं महाअधिबेसन पछि हामी एक संगठन एक बिचार एक पार्टि १ धार जुन हाम्रो पार्टिले नीति लिएको छ त्यो पार्टिको स्पस्ट नीति अनुरूप हाम्रो पार्टि भित्र धार उपधार गुट उपगुट केही छैन। नेकपा एमालेमा कुनै गुट छैन । त्यो स्वच्छ कसैले भने त्यो ब्यक्तिगत बिचार हो संगठनको बिचार हैन भनेर उल्लेख गर्नु भयो।

उहाले नया बनेको कमिटि लाई बधाई दिदै अब बन्ने कमिटि पनि अझै मजबुध भयर गठबन्धन लाई परास्त पार्ने गरि अगि बढ्न निर्देशन दिनुभयो।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 1 Minute 427 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार