२०८१ बैशाख १२ बुधबार

नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरको तेस्रो नगर परिषद भव्य रूपमा सम्पन्न !!

पोखरा,१२/२५
नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरको तेस्रो नगर परिषद भव्य र सभ्य रूपमा सम्पन्न भएको छ् ।कार्यक्रम ०८ को जनप्रिय उ मा बि मा सप्पन्न भएको थियोे ।

कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर अध्यक्ष बिस्णुहरी त्रिपाठीले गर्नुभएको थियोे । प्रमुख अतिथी नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा नेपाल राष्ट्रिय शिक्षक सङठन पुर्व राष्ट्रिय उपाध्यक्ष दिपक पौडेल रहनु भएको थियो ।अतिथिहरु क्रमशः ने रा शि सङगठन गण्डकी प्रदेश सदस्य शकुन्तला आचार्य, ने रा शि सङठन कास्कि जिल्ला कोषाध्यक्ष एमनाथ सुवेदि ,उपाध्यक्ष बसुन्धरा पौडेल, हर्कबहादुर लामिछाने रहनु भएको थियो।

नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर उपाध्यक्ष देवि केसिले स्वागत मन्तव्य दिनु भएको थियो।शुभकामना मन्त्यब्य वडा इन्चार्जहरुमध्धे बाट वडा न ८ इन्चार्ज रामकुमर अधिकारी,प्र अ हरुको तर्फबाट श्रीकृष्ण मा बि पोखरा मासबारका प्र.अ श्री टिकाराम लामिछानेले शुभकामना मन्तव्य दिनुभएको थियोे । अतिथिहरु मध्धेबाट क्रमश : ने रा शि सङठन कास्कि जिल्ला कोषाध्यक्ष एमनाथ सुवेदि ,उपाध्यक्ष बसुन्धरा पौडेल, हर्कबहादुर लामिछाने , ने रा शि सङठन गण्डकी प्रदेश सदस्य शकुन्तला आचार्य ले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

आज भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो नगर परिषद भव्य र सभ्य रूपमा सम्पन्न भएको छ् । कार्यक्रममा सचिव येमनारायण लामिछाने ले साङठनिक प्रतिवेदन पेश गर्नुभएको थियो भने क्रमशः कोषाध्यक्ष सकुन्तला सोतिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम करिब १२० जना संख्यामा शिक्षक ,शिक्षिका , कर्मचारीहरु को उपस्थिति रहेको थियोे ।
कार्यक्रम सन्चालन सचिब येमनारायण लामिछाने र सह सचिब सरिता ढकाल ले गर्नुभएको थियो।

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 0 Minutes 519 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार