२०७९ आश्विन १५ शनिबार

केकी अधिकारीले सुटुक्क लगनगाठोँ कसिन, को हुन् दुलहा ?

अभिनेत्री केकी अधिकारीले बुधवार गुपचुप विवाह गरेको चर्चा फिल्म क्षेत्रमा भुसको आगो झैँ फैलिरहेको छ । आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी उनी भव्य विवाहमा रुचि नभएको बताउँथिन् ।
पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् । केकीले विवाह गरेको स्रोतले पुष्टि गरे पनि कोसँग विवाह गरेकी हुन् भन्ने बताउन चाहेन । ‘आज विवाह भएको हो, सबै कुरा भोलि थाहा हुन्छ,’ स्रोतले भन्यो ।
केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् । उनी केही समयदेखि एक युवकसँग प्रेममा थिइन् । उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन् ।
केकीनिकट एक नायिकाका अनुसार गोप्यरूपमा विवाह गर्ने उनको पहिल्यैदेखिको योजना हो । ‘एकैचोटि विवाहको फोटो बाहिर आयो भने चित्त नदुखाउनु,’ केकीको भनाइ उद्धृत गर्दै ती नायिकाले भनिन् । केकी नजिक रहेकी बेनिशा हमाल भन्छिन्, ‘मैले पनि हल्ला सुनेँ । मलाई पनि धेरै जनाले फोन गरेर सोधी सक्नुभयो । तर मलाई नै निम्तो भएन ।’
प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् । त्यसैले पनि उनले विवाह बाहिर नल्याएको बताइन्छ । केकीले कोसँग विवाह र कहाँ विवाह गर्दैछिन् अहिले बाहिर आएको छैन । उनको प्रोडक्सन हाउससँग जोडिएको एक सदस्यले विवाह हो भन्ने सुनेको तर व्यक्ति अझै थाहा नभएको बताए ।
केकीको विवाहको हल्ला अगाडी आजै तीन अभिनेत्री रेखा थापा, पूजा शर्मा र वर्षा शिवाकोटीको विवाहको हल्ला पनि चलेको थियो । केही अगाडि कोट म्यारिज गरेकी रेखाको त्यस अगाडि वैशाखमा विवाह हुने चर्चा थियो । पूजाले भने केही अगाडि एक कार्यक्रममा छिट्टै विवाह गर्ने बताएकी थिइन् । यता वर्षाको पनि विवाह हुन लागेको हल्ला केही दिनदेखि चलिरहेको छ । नेपाली फिल्म क्षेत्रमा अविवाहित अभिनेत्री थुप्रै छन् । धेरै अभिनेत्रीहरू विवाहको प्रश्नमा छिट्टै भनेर समेत बताउँदै आएका छन् ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 0 Minutes 35 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।