२०८१ बैशाख ८ शनिबार

पोखराको मेयरमा कृष्ण थापा र राजीव पहारी रिंग आउट ।

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने भएको छ ।
केन्द्रीय सचिवालय बैठकमा भएको छलफल अनुसार गण्डकी प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुनसक्ने र त्यसमा एक सांसदमात्र तलमाथि हुँदा एमालेको सरकार बन्ने भएकाले प्रदेश सांसदलाई मेयर उम्मेदवार नबनाइने निर्णय भएको हो ।

मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम सिफारिस भएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकीमामात्र नभएर लुम्बिनीमा पनि प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने बताए ।

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 0 Minutes 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार