२०८१ बैशाख १३ बिहीबार

पान बहादुर जिसिद्वरा माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी फिर्ता !!

पान बहादुर जिसिद्वरा माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी फिर्ता !!

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)बाट बागी उम्मेदवारी दिनुभएका युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

गत वैशाख १२ गते गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पान बहादुर जिसीले आज लाहाचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिनुभएको हो ।

उम्मेदवारी फिर्ता लिएपछि उहाँले समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न आफ्नो पार्टी एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ ७० बर्षमा पनि पार्टीलाई जिताउन हिड्ने केपी ओली देख्दा मन मानेन । मैले निर्वाचन जितौला तर मेरो कारणले पार्टी हार्यो भने लाल गद्दार भएर समाजमा रहन पनि सक्ने परिस्थिति बन्दैन । त्यसैले उम्मेदवारी फिर्ता लिएको छु ।”

पान बहादुर जिसीको उम्मेदवारी फिर्ता गराउन राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी,नेकपा एमाले गण्डकी प्रदेश सचिब माधब बस्तोला,माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, नेकपा(एमाले)बाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका उम्मेदवार विक्रम गुरुङ, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य दिल्ली राम सुबेदि लगायले पहल गर्नुभएको थियो ।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार