२०८० चैत्र १६ शुक्रबार

पोखरा ८ मा एमालेको घरदैलो : जनताको उम्मेदवारसंग उत्साह उम्मेद्बारको बिकासको संकल्प।

पोखरा ८ मा एमालेको घरदैलो : जनताको उम्मेदवारसंग उत्साह जनतासंगै उम्मेद्बारको बिकासको संकल्प !

पोखरा, २३ बैशाख / नेकपा एमाले पोखरा महानगरपालिका वडा नं ८ को चुनावी घरदैलोको क्रममा उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्दै वडाको विकासको प्रतिबद्धता सुनाएका छन् । वडाको समग्र आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्नका लागि एमालेका आफूहरुलाई जिताउने उनीहरुले वडाबासीसमक्ष आग्रह गरेका छन् ।

एमालेका उम्मेदवारहरुले बिहिवार पोखराको जाल्पा टोल, निल्गिरि टोल, बगाले टोलि , सिद्दार्त चोक आदि घरदैलो गरेका थिए । युवाका आशा चेतन कार्की ले पाँच दलीय गठबन्धन आफैमा कमजोर भएर गठबन्धन गरेको जनाउदै त्यो गठबन्धनको कुनै औचित्य नभएको बताए ।

सोही अवसरमा बोल्दै वडा नं. ८ का वडाध्यक्षका प्रत्यासी रुद्र नाथ बरालले जनताको हकअधिकार कुण्ठित नहुने तरिकाले काम गर्ने प्रतिवद्धता जनाए । उनले चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता जनाउने कार्यकर्ता, शुभेच्छुक, मतदाता सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।

पोखरा–८ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा रुद्र नाथ बराल, खुला महिला सदस्यमा पबित्रा के सि, दलित महिला सदस्यमा लक्ष्मी बि क, खुला सदस्यमा गोबिन्द बराल र हिरा काजि श्रेष्ठ प्रत्यासी रहेका छन् ।

उक्त जानकारी पार्टी सचिब दिपक राज घिमिरे ले हामि निरन्तर अभियान मा पाँच सिट लेराउने हाम्रो मुल धारणा भनि कुरा बताए ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 0 Minutes 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार