२०८१ बैशाख १३ बिहीबार

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज (मंगलबार) मध्यरातिदेखि माैन अवधि सुरु हुँदैछ। मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ। मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ।

आयाेगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?

– मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

– मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

– एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

२०७९ बैशाख २७, मंगलवार प्रकाशित 1 Minute 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार