२०८१ बैशाख ११ मंगलवार

कति बेला एमालेले चुनाव हार्ला र ओलीलाई गाली गरौँला भनेर कुरे जस्तो गरे घनश्याम भुषालले !

नेकपा एमालेका नेता घनश्याम भुषालले स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको पराजयको दोष सम्पुर्ण रुपमा अध्यक्ष केपी ओली माथी लगाएका छन् ।
अध्यक्ष ओलीले पार्टी मुभ गर्न नसकेको र आफु मात्रै कुदेका कारण एमाले हारेको आरोप समते भुषालले लगाएका छन् । एमालेले संगठित शक्तिको प्रयोग र सामुहिक इफोर्ट लगाउँन नपाएको र त्यो अध्यक्ष ओलीकै कारण भएको पनि उनले भनेका छन् ।
गठबन्धनकै कारण एमाले हारेको भन्ने कुरा स्विकार गर्न नसकिने पनि उनले भनेका छन् । विपक्षी पार्टीहरु गठबन्धन बनाएर निर्वाचनमा होमिएको अवस्थामा कमल थापा र एकनाथ ढकाल जस्ता शक्तिलाई लिएर चुनावमा जानुनै गलत भएको विश्लेषण पनि भुषालले गरेका छन् ।
“हामी मैदानमा एक्लै भयौँ, संसदीय बहुदलीय व्यवस्थामा चुनावमा यस्तो एलायन्स वा विरोधीहरु मिल्छन् कि मिल्दैनन् भन्ने कुराले अर्थ राख्छ नि त । विपक्षमा सबै एकातिर भइदिए, हामी मैदानमा एक्लै भयौँ,” भुसालले भने, “हाम्रो पनि एलायन्स त थियो तर गठबन्धन नै थिएन । कमल थापा, परिवार दलका एकनाथ ढकालहरुबाट त्यस्तो अपेक्षा गर्नु हुँदैनथ्यो । फिल्डमा त्यस्तो भयो ।”
उनले त्यो एउटा कारण भएपनि मुल कारण पार्टीको फोर्स परिचालन नै नहुँदा क्षति भएको बताए । “हाम्रो मुद्दाका बारेमा बोल्ने मान्छे एकजना अध्यक्ष मात्रै हुनुहुन्थ्यो । नेकपा एमालेको बारेमा एडभोकेसी गर्ने क्याम्पेनर भनेको एकजना अध्यक्ष मात्रै हु्नुभयो ।
त्यो सोलो प्रेजेन्टेशन जस्तो भयो,” भुसालले भने, “माथिका पदाधिकारी वा स्थायी कमिटीकाहरुको या त कसैलाई जिम्मेवारी नै थिएन या त जिम्मेवारी लिएकाहरुले त्यो काम गर्न सकेनन् । आजको चुनावी मुद्दा के हो भनेर जनतालाई बुझाउन समस्या रह्यो ।”
उनले तल रहेका संयन्त्रमा पनि केन्द्रको नेतृत्वका आड भरोसा हुन नसकेको बताए । “माथि लिडरशिपको आड भरोसा हुन सकेन ।आ–आफ्ना जिल्लामा जाने कुरा म गएँ, अर्को गयो, सबै आ–आफ्ना ठाउँमा गए त्यो अर्को कुरा भयो,” भुसालले भने, “तर, जिम्मेवारीका हिसाबले कमिटी संगठनले जुन हिसावले काम गर्नुपर्थ्यो त्यस हिसाबले गरेनन् ।
” उनले केन्द्रीय नेतृत्वमा सामूहिक भावना र परिचालनको योजना नहृुँदा पार्टीका कार्यकर्ता एक्लै काम गर्न बाध्य भएको बताए ।“सेन्ट्रल लिडरशिप कलेक्टिभली चल्नै सकेन । सबै काम ओलीजीले गर्नुभएको थियो । सचिवालय थियो होला, त्यसले सचिवालयकै काम गर्ने भयो ।ओलीजी राजनीतिक रुपमा चल्नुभयो, सचिवालयले लजिष्टक सपोर्ट गर्यो होला, आमसभामा समन्वय गर्‍यो होला,” उनले भने, “समग्रमा पार्टीको फोर्स नै परिचालन हुन सकेन।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार