२०८१ बैशाख ७ शुक्रबार

शेखर समूहको चर्को आलोचना, फेरि सभापति बन्ने देउवाको रहर !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बुधबार ४८ जना केन्द्रीय सदस्यले बोले । बैठकमा अधिकांशले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य रमेश रिजालले दुवै महामन्त्री मिडिया केन्द्रित भएको आरोप लगाए । महामन्त्रीद्वय ट्विटर र स–साना गुट भेला गरेर मिडियामा रमाएको उनको आरोप छ ।

“तपाईंहरू अतिवादमा जाँदै हुनुहुन्छ यो राम्रो भएन । मिडियामा जाने अनि कुरा गर्ने, छुट्टै गुट भेला गर्ने यो राम्रो भएन,” रिजालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले त महामन्त्रीद्वयले ‘केटाकेटी हर्कत’ जारी राखे आफूहरू बहिस्कार गर्न बाध्य हुने चेतावनी नै दिए । ती केन्द्रीय सदस्यका अनुसार बुढाथोकीले शेखर कोइराला समूहलाई गुट बैठक राख्न पार्टी कार्यालयमै कोठा दिन व्यंग्यात्मक प्रस्ताव राखेका थिए ।

“शेखरजीहरूलाई गुट भेला गर्न यहीँ एउटा कोठा दिनुपर्‍यो । बाहिर गुट भेला गरेर पार्टीलाई फाइदा हुँदैन,” बुढाथोकीले भनेका थिए, “महामन्त्रीहरू नेता हुन्, अहिले प्रस्तुत गरेको व्यवहार केटाकेटीको जस्तो भयो । यस्तै हो भने हामी बहिस्कार गर्छौं ।”

२०७९ असार २९, बुधबार प्रकाशित 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार