
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सक्रिय भएर काममा लाग्न निर्देशन दिएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अहिले पनि आफू १८ घण्टा काम गर्ने गरेको सुनाए । नेताकार्यकर्ताहरूलाई पनि १४ घटासम्म काम गर्न उनको आग्रह छ ।
“अहिले पनि म १८ घण्टा काम गर्छु । प्राय साथीहरू त भन्दा कमै उमेरका हुनुहुन्छ । १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस् कमसेकम १४ घण्टा त गर्नुस्,” ओलीले भने, “१२ घण्टा गर्नुस्, १० घण्टा गर्नुस् त्यो सक्नुहुन्न भने ८ घण्टा त गर्नुस् ।८ घण्टा एउटाले गर्दा धेरै काम हुन्छ । सक्रिय बनौँ ।”
उनले पार्टीविरुद्ध कसैले उचालेमा त्यसमा नलाग्न आग्रह गरे । उनले उमेदवार नभएपनि जिताउनका लागि लाग्न निर्देशन दिए ।“उमेदवार हुने जित्नका लागि काम गर्नुस् । उमेदवार नपाउनेहरूलाई उमेदवारलाई जिताउन लाग्नुस् । एकजुट भए जहाँ पनि जित्न सकिन्छ,” ओलीले भने ।उनले अब निर्वाचन लागेको भन्दै विनम्र र शालीन ढंगले प्रस्तुत हुन पनि आग्रह गरे । टोलटोलमा संगठन र घरघरमा सदस्य बनाउनुपर्ने उनको भनाइ छ ।