२०८१ बैशाख ८ शनिबार

सनराईज युथ क्लब, अष्ट्रेलिया पुनर्गठन, अध्यक्षमा सुरेश मल्ल ।

सनराईज युथ क्लब अष्ट्रेलियाको पुनर्गठन, अध्यक्षमा सुरेश मल्ल ।

बिगत लामो समय देखी अष्ट्रेलियाको सिड्नीमा खेलकुद, भलिबल मार्फत युवाहरू लाई एकजुट बनाउदै आएको संस्थाले बिधिवत रुपमा सन २०१९ सालमा दर्ता भएको थियो ।

क्लबको आज सम्पन्न बैठक बाट नया नेतृत्व चयन भएको छ । नया नेतृत्व अनुसार सुरेश मल्लको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरेको छ जसमा उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा प्रकाश सुबेदी, सह-सचिवमा सिरजन घिमिरे, त्यस्तै सदस्यहरूमा टीकाराम लुइटेल, निराजन घिमिरे, रसीला गरबूजा मगर, संगीता घर्ती मगर, राज खड़का, अंकित मैते, चित्र बहादुर पुन, अमित भण्डारि, मिज़ास भण्डारी, प्रकाश केसी गरी कुल १६ सदस्यीय नया कमिटी गठन गरेको छ ।

त्यस्तै क्लबको संरक्षकमा राजु गौचन चयन भएका छन उनी क्लबका संस्थापक अध्यक्ष समेत हुन । उनकै नेतृत्वमा क्लबले बिभिन्न उपाधिहरू समेत हात पारिसकेको अवस्था छ ।

त्यस्तै क्लबको सल्लाहकार समितिमा रमेश पाण्डे, बिनोद श्रेष्ठ, भवानी ओली, केशब जोशी, शिशिर नेपाल, कृष्ण सापकोटा, शिव पौडेल, सन्तोष दाहाल, राम घिमिरे, बिष्णु हमाल, सुमन बिष्ट, अरुण गौतम, अनिल खड़का, बीरेन्द्र श्रेष्ठ, मोहन शर्मा र हरी रामजाली गरी कुल १५ सदस्यीय सल्लाहकार समिति समेत घोषणा गरेको छ ।

साथै क्लबका अध्यक्ष सुरेश मल्लले क्लबले बिश्वास गरेर आफुलाई ज़िम्मेवारी प्रदान गरेकोमा हार्दिक धन्यवाद सहित आगामी दिनमा क्लबको बृहत्तर हित, बिकास र समग्र खेल क्षेत्रको निम्ति आफु सदैव अगाड़ी रहने कुरा बताए संगै क्लबलाई प्रायोजन गर्न इच्छुक संघ संस्थाहरू लाई खेलकुद मार्फत युवाहरू लाई एकजुट बनाउने यो महान अभियानमा सबैको साथ र सहयोगको अपेक्षा सहित सबै माझ सहयोगको आह्वान समेत गरेका छन ।

त्यस्तै क्लबका संरक्षक एवं संस्थापक राजु गौचनले हिजो क्लब स्थापना कालमा आफूले निकै अपठयारोको बाबजुद पनी बिभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा क्लबलाई यहाँ सम्म ल्याइ पूर्याउनको निम्ति सबैको योगदान रहेको हुदा सबैप्रति हार्दिक धन्यवाद सहित नया कार्य समितिले अब खेलकुद क्षेत्र मार्फत अष्ट्रेलियामा रहेका युवाहरू लाई कुलत बाट टाढ़ा रहन, एकापसमा भाईचाराको समबंध बिकास र समग्र खेलकुद क्षेत्र लाई नै टेवा पुर्याउने उद्देश्य का साथ लाग्न शुभकामना सहित सबैमा बधाई ज्ञापन गरेका थिए ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 1 Minute 892 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार