२०७९ आश्विन ११ मंगलवार

के मनाउनु खै प्रेम दिवस ॥ ✍️ रमेश अधिकारी (लतामास)

के मनाउनु खै प्रेम दिवस

के मनाउनु खै प्रेम दिवस
सबै चिज बिस्तारै बिस्तारै
टाढिन्छ्न,
टाढिदैछन,
टाढिनेछन
ती प्रेमिल मनवाट ।

रहरले भनु या बाध्यताले
पहिला मै टाढिए
मेरो पहिलो प्रेमको खानी
मेरा बा र आमा बाट
आज भोलि लाग्छ
उनिहरुको पनि बाध्यता छ
त्यसैले टाढिए जस्तो गर्छन्
म वाट
लुकाउन आफ्नै विदेशिएको सन्तानको
यादमा झरेको आशुलाइ।

खै कसरी बनु प्रेमिल
म आज
रहर भनु या बाध्यता
बिहे गरेकै सात दिनमा
रंगिन रातो सारी
अनि
गुलाफी मिठो चुम्बन लिन
सुड्केस बोकेर लाहुर हिडेको
आज ठ्याक्कै वषौ भएछ
यसरी टाढिएको हाम्रो प्रेम कुहिसकेछन
धेरै लामा अनि एकान्त
रात संगै ।

त्यसैले
के मनाउनु खै प्रेम दिवस
सबै चिज बिस्तारै बिस्तारै
टाढिदैछ्न
ती प्रेमिल मनबाट
पहिला म टाढिए
मेरो
घर,
समाज,
गाउँ,
सहर
र देसवाट
अहिले लाग्छ म टाढिदै छु
यी सबै वाट।

यसै गरि मेटिन्छ्न ,मेटिदैछन र मेटिनेछन
मेरी आमाले सिकाएको मातृभाषा
मेरा पुर्खाले बनाएको सस्कृती र परम्परा
त्यसै त रहर या बाध्यताले भनु
मैले
दशै बिर्सिए,
तिहार बिर्सिए,
माघी
लोछार
र होलि बिर्सिए
अहिले आएर
यी सबैले मलाइ बिर्सदै छन
त्यै भएर खै के मनाउ प्रेम दिवस
विस्तारै विस्तारै
सबै चिजहरु
टाढिदैछन
मेटिदैछन

बिर्सदैछन।।।।

✍🏻 रमेश अधिकरी ( लतामस )

२०७८ माघ २९, शनिबार प्रकाशित 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार