२०८१ बैशाख ७ शुक्रबार

एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाको अध्यक्षमा केशब जोशी ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाको अध्यक्षमा केशब जोशी सर्वसम्मत चयन भएका छन । आज भएको प्रवासी नेपाली मंचको केन्द्रीय कमिटीको बैठक बाट अध्यक्ष रमेश पाण्डेले केशव जोशी सहित अन्य केही सम्भावित नेताहरूको नाममा छलफल पस्चात सम्पूर्ण केन्द्रीय कमिटीका सदस्यहरू बाट केशव जोशीको नाम सर्वसम्मत चयन गरेका छन ।
बैठकमा प्रवासी नेपाली मंच अष्ट्रेलियाका पूर्व अध्यक्ष एवं ओसेनिया क्षेत्रका इंचार्ज डा. बिनोद श्रेष्ठ, ओसेनिया क्षेत्रका अध्यक्ष राजु उपाध्याय लगायतको नेताहरूको उपस्थिति रहेको थियो ।
अघिल्लो कमिटीमा महासचिवको भुमिकामा रहेका केशव जोशी हालको कमिटीमा भने न्यु साउथ वेल्स र क्यानबेरा राज्यका इंचार्ज र सचिवालय कमिटीमा समेत रहेका थिए ।
क़रीब एक दशक भंदा लामों समय अष्ट्रेलियामा नेकपा एमालेको मुल प्रवाहमा रही काम गर्दै आएका जोशीले रमेश पाण्डेको नेतृत्वमा बिभिन्न कार्यक्रम एवं अभियानमा कुशलतापुर्वक नेतृत्व समेत गर्दै आएका थीए ।
बैठकमा मंचले आर्थिक बिवरण, मंचको प्रगति विवरण लगायतको बिभिन्न बिषयमा प्रकाश पारेको थियो र आगामी दिनहरूमा थुप्रै सामाजिक सेवा गर्ने उद्देश्यले सहयोग कार्यक्रमहरू समेत घोषणा गरेको छ ।
बैठकले प्रवासी नेपाली युवा मंचको इंचार्जमा भुवन पाण्डे र सह-इंचार्जमा बिसाल राना मगरलाई प्रवासी नेपाली मंचको तर्फ़बाट ज़िम्मेवारी समेत प्रदान गरेको छ ।
बैठकको संचालन कमिटीका सचिव शिशिर नेपालले संचालन गरेका थिए ।

२०७८ कार्तिक १४, आईतवार प्रकाशित 1 Minute 912 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार