२०८० चैत्र १६ शुक्रबार

अष्ट्रेलियामा बिध्यार्थी माझ पपुलर सहयोगी संस्था अष्पालीः सबिन जंग क्षेत्री ।

✍️ सिड्नी ॥

अष्ट्रेलियामा बिध्यार्थी माझ पपुलर सहयोगी संस्था अष्पालीः सबिन जंग क्षेत्री ।

अष्ट्रेलिया एक बिध्यार्थी जीवन कालको सपनाको शहर जहाँ आफ्नो भाग्य र भविष्य बनाउनको निम्ति सयौं बिध्यार्थी अनी अभिभावकको महत्वपूर्ण चासोको बिषय हो ।

बिध्यार्थी कालमा अष्ट्रेलिया आइपुगे पछी अनेकौ चुनौतीका सीढ़ीहरू चढ़ने क्रम सुरु हुदै जाने र त्यस जीवनको दाया अनी बायाँ मोडिने भन्ने बिचको समयमा सही साथ र सहयोगको खाँचों अवश्य सबैमा हूँछ यस्तै बेलामा आफ्नो अध्यन, आर्थिक व्यवस्थापन, बस्ने, खाने, घुम्ने, रमाऊने, ऋण तिर्ने अनेकौ खालका समस्या बिच महत्वपूर्ण कुरा सबै कुरालाई व्यवस्थापन गर्ने आर्थिक जसलाइ काम र स्वच्छ मस्तिष्कलाई व्यवस्थित गर्नुपर्ने हूँछ ।

यिनै युवा-बिध्यार्थी पंक्तिका बिच सहयोगी संस्थाको रुपमा खोलीएको र बनेको सामाजिक संजाल फ़ेसबुक ग्रुप मार्फत गठित संस्था को नाम हो अष्पालीः जब्स एण्ड इन्टरटेण्टमेंट । सामान्य फ़ेसबुकको ग्रुप मार्फत अष्ट्रेलियामा रहेका नेपाली बिध्यार्थीहरूको सामुहिक पहलमा गठित ग्रुपको नेतृत्व सबिन जंग क्षेत्रीले गर्दै आएका छन । ग्रुपले बिशेषगरी नेपाली बिध्यार्थी जो अष्ट्रेलिया आइसकेपछी यहाँको चुनौती पार गर्ने क्रममा आइपर्ने समस्यालाई हातमा हात दीइ पार गराउने काम गर्दै आएको छ ।

हालसम्म करिव १० हज़ार बढ़ी बिध्यार्थी र नेपाली समुदायलाई ग्रुपमा जोड़ीसकेको अष्पालीले यस अघी बिध्यार्थीलाई मनोरंजनको निम्ति टिकटक प्रतियोगिता, प्रेडिक्ट एण्ड विन मार्फत गिफ़्ट वितरण, अष्पाली दशैं चिट्ठा कार्यक्रम मार्फत ५ लाख भंदा बढ़ी रक़म क्यान्सर पिडितलाई सहयोग र कार्यक्रममा प्रथम र दोस्रो बिजेतालाई आइफ़ोन १३ अनी सिंगो खसी वितरण, अष्ट्रेलिया आउदा कोही आफ्नो नजिकको र चीनेको माँछे नभएकाहरू लाई एयरपोर्ट बाट नि-शुल्क पिक अप गरी कोठा सम्म लग्ने र कोठाको समेत व्यवस्थापन गर्ने काम, नेपालमा कोरोनाको सुरूवाती समयमा कर्णाली प्रदेशमा रहेको कर्णाली प्रदेश आयुर्वेद औषधालय आइसोलेसन कक्षमा रहेका करिव ५० बढ़ी मानिसहरूलाई अमृतभोजन नामाकरण गरेर ५ दिन सम्मको लागी खानाको व्यवस्थापन, कोरोनाको समयमा अन्य २ सामाजिक संस्था संग समन्वय गरी १५ वटा अक्सिजन कंसनट्रेटर एनआरएन अष्ट्रेलिया मार्फत वितरण, आइटी कार्यक्रम डेंटेड कोड नामक संस्था संग समन्वय गरी नि-शुल्क आइटी सम्बन्धी तालीम जहां खाजा र खानाको समेत नि-शुल्क व्यवस्थापन, जस्ता धेरै कामहरू गरेका छन ।

यति मात्र नभई अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै बिभिन्न बहानामा ठगेको भन्ने सुनीएको छ र ती मध्य केही पिडित जसले आफू ठगीएको काम गराएर पैसा नदीएको, सापटी लगेर फिर्ता नगरेको उल्टै धम्की, डर देखाउने संग पैसा असुल, एकजना केशव (नाम परिवर्तन) नाम गरेको बिध्यार्थी करिव ८-९ महीना देखी कोही कसै संग पनी सम्पर्कमा नआएको र निजको आमा बुवाले समेत नेपाल देखी खोजिदिनु पर्यो भनेर आग्रह गरेपछी अष्पाली मार्फत केशव ९ महीनामा सम्पर्कमा आएका थिए, कोठामा बस्दा बिध्यार्थी संग युनिट वालाले अनावश्यक रुपमा बढ़ी पैसा असुली गरेको पैसा समेत फिर्ता गराउन सफल भएका थिए, आदि लगायतका व्यवहारिक र व्यक्तिगत जीवनमा धेरै सहयोग गरी सकेका छन । यस्ता कारणले पनी अष्पाली र सबिन प्रति अष्ट्रेलिया वासी नेपालीहरूको मन मस्तिस्कमा बस्न सफल भएका छन ।

यो संगै अन्य बिभिन्न कार्यहरू जुन बिध्यार्थी संग जोड़ीएको कामहरू गर्दै आइरहेको अवस्था छ । अन्य बिभिन्न सामाजिक संस्थाले आयोजना गर्ने कार्यक्रम जहाँ बिशुद्ध नेपाली भाषा, संस्कृति र पहिचान को प्रवद्धन र प्रचारको निम्ति गरिने कार्यक्रमहरूमा सधै जसो सहयोग साथ गर्दै आइरहेका छन ।

हामिले अष्पालीका प्रमुख सबिन जंग क्षेत्रीलाई यो सबै गर्ने समय, आर्थिक व्यवस्थापन, सहयोगी भावना, नेपाली एकजुट हुनुपर्ने बनाउनु पर्ने कारण चाही के हो भनेर प्रश्न गर्दा उनले हामी पनी बिध्यार्थी जीवन समय मै छौ एक त सामाजिक सेवा गर्ने भावनाले ओतप्रोत हुनुपर्ने अनी अरुको दुःखमा साथ र सुखमा हात दिनु नै एक असल नेपाली नागरिक पहिचान दायित्व बताए संगै आगामी दिनमा समेत सदैब अष्पाली सहयोगी हात बनेर रहने प्रतिवद्धता समेत बिश्वपाटीलाई बताए ।

२०७८ माघ १७, सोमबार प्रकाशित 1 Minute 579 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार