२०८१ बैशाख ८ शनिबार

एनआरएन अस्ट्रेलियाको अहिले सम्मकै भारी सदस्य १६ हजार भन्दा बढ़ी आवेदन दर्ता ।

गैरआवासिय नेपाली संघ अष्ट्रेलियामा अहिले सम्मकै सवै भन्दा धेरै १६ हजार ३ सय ९४ सदस्यले सदस्यताका लागि आवेदन दर्ता गरेका छन् । यो अहिलेसम्मकै सवैभन्दा वढि सदस्य रहेको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरूङले बताए । अघिल्लो पटक एनआरएन अष्ट्रेलियाको सदस्य संख्या ११ हजार ८ सयमात्र रहेको थियो ।

यो पटक आजीवन सदस्यता लिनेहरुको संख्या १५ सय ५० पुगेको छ भने १४ हजार ३ सय २८ जना रजिष्टर मेम्वर बनेका छन् । त्यसैगरी २ सय ८७ जना एसोसियट मेम्वर रहेका छन् । अहिले सदस्यता दर्ता गराएका आवेदकहरु –एसोसियट बाहेक)ले आगामी जुलाई ३१ तरिखका दिन हुने निर्वाचनको मतदान प्रकृयामा सहभागि हुन पाउनेछन् ।

न्यू साउथ वेल्सवाट सदस्यता आवेदन गर्नेहरुको संख्या ६ हजार १ सय ५० रहेको छ । अघिल्लो पटक ४ हजार ४ सय ४६ मात्र थियो । त्यसैगरि भिक्टोरिया राज्यवाट सदस्यता आवेदन दर्ता गराउनेको संख्या २१२९ रहेको छ ।  अघिल्लो पटक २ हजार मात्र सदस्य रहेका थिए ।क्विन्सल्याण्ड राज्यवाट यसपटक १३ सय ९४ ले सदस्यता आवेदन दर्ता गराएका छन् , वेस्टर्न अष्ट्रेलियावाट ७ सय ५९ ले सदस्यता दर्ता गराएका छन् भने होवार्टवाट १३ सय ९१ ले सदस्यता दर्ता गराएका छन् ।

साउथ अष्ट्रेलियावाट सदस्यता दर्ता गराउनेको संख्या १८ सय ८९ रहेको छ । यसैगरी नर्दन टेरोटरीवाट ११ सय ९ जनाले सदस्यता दर्ता गरेका छन् भने अष्ट्रेलियाको राजधानी क्यानवेरा रहेको अष्ट्रेलियन क्यापिटल टेरोटरीवाट सदस्यता दर्ता गराउनेको संख्या १३ सय ५७ रहेको छ ।

नेपाली समाजले चासोपूर्वक हेरिरहको एनआरएन अष्ट्रेलियाको यो निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष देब गुरुङ्ग, महासचिव ज्ञानेन्द्र रेग्मी र प्रवक्ता नन्दु गुरुङ्ग मुख्य आकांक्षीको रुपमा देखिएका छन् भने अच्यूत थपलिया जनप्रगतिशील  मँचकाे समर्थनमा उम्मेदवार वन्ने संभावना त्यतिकै रहेको उनी निकट स्रोतले वताएको छ ।

सदस्यता बृद्धिहुनुको मुख्य कारण अहिले सदस्यता दर्ता गराउने सिस्टम पहिलाको भँदा आधुनिक तवर बाट भएको हुदा सजीलों र झंझट कम अनी शुद्दता समेत रहेको कुरा उपाध्यक्ष देब गुरुँगले बताए । यदि सदस्यता भित्र केही संकास्पद लागेमा समबंधित निकाय समक्ष ऊजुरी हाल्न सकीने छ र न्याय र निस्पक्ष भने हुनुपर्ने बताए र यसमा सबैले साथ र सहयोग गर्नका निम्ति पहल समेत गरेका थीए ।

२०७८ असार १४, सोमबार प्रकाशित 0 Minutes 743 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार