२०८१ बैशाख ८ शनिबार

प्रवासी नेपाली मंच, NSW कमिटी अष्ट्रेलियाले नेपाली नयाँ वर्ष बिशेष कार्यक्रम गर्ने ।

सिड्नीः अष्ट्रेलियामा बिगत लामों समय देखी नेपाली समाजमा एक परिचित संस्था प्रबासी नेपाली मञ्च, न्यु साउथ वेल्स (NSW) राज्य कमिटीले यही आऊदो २३ अप्रिल शनिबारका दिन नेपाली नयाँ बर्ष २०७९ को उपल्यक्षमा शुभकामना आदान प्रदान तथा बारबिक्यु कार्यक्रम गर्ने भएको छ ।

न्यु साउथ वेल्स राज्य कमिटीका अध्यक्ष कृष्ण सापकोटाले नयाँ बर्ष २०७९ को उपलक्ष्यमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय विच शुभकामना आदान प्रदान संगै भेटघाट गर्नका लागि यस कार्यक्रम आयोजना गरिएको बताए । प्रवासी नेपाली मंच, न्यु साउथ वेल्स राज्यको यस कार्यक्रम सिग्नेचर कार्यक्रम समेत रहेको छ ।

नेपाली नयाँ वर्षको शुभकामना आदान प्रादान गर्दै आफू जहां रहे पनी नेपाल र नेपाली संस्कृतिको जगेर्ना र संरक्षण गर्नुपर्ने बताए । पछिल्लो समयमा अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थितिले यहाँको स्थानीय राजनीतिमा समेत नेपालीहरुको प्रभावलाई अझ शशक्त बनाउने काम गरेको छ ।

शुभकामना आदान प्रदान सहित वार्विक्यु कार्यक्रमले पनि नेपाली उपस्थिति बलियो रहेको देखाउन सहयोग पुग्ने अपेक्षा सचिव शिव पौडेलले गरेका छन । उनले नेपाली समूदायका सदस्यहरुबाट नयाँ नयाँ व्यापार व्यवसाय समेत बढ्दो रुपमा भएकाले त्यसको समेत प्रचार र एक आपसमा नजिकिने माध्यम समेत हुने बताए ।

प्रवासी नेपाली मंच न्यु साउथ वेल्स राज्य कमिटिले सिड्नीको अबर्न स्थित, अबर्न पार्कमा दीउसो १ बजे देखी ५ बजे सम्म उक्त कार्यक्रम संचालन गर्ने छ । कार्यक्रममा बिभिन्न नेपाली एवं अष्ट्रेलियन संघ संस्था हरू बाट प्रतिनिधित्व हुने र यस कार्यक्रमलाई सफल बनाउनका निमित्त सबै सरोकार वाला समक्ष अध्यक्ष कृष्ण सापकोटा द्वारा उपस्थितिको निम्ति अपिल समेत गरेका छन ।

कार्यक्रमलाई मल्टी ड़ाइनामिक रियल स्टेट, टिलीचो कन्सलटिंग ग्रुप, ओली एंड एसोसीएट्स, वुईस रियल स्टेट र अजी फाइनान्स एंड होम लोनले प्रायोजन गरेको छ ।

यस अघी मंच ले नेपालमा कोभिड महामारीको समयमा अक्सिजन उत्पादन गर्ने मेशिन हस्तान्तरण, समुदाय बिच बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरू संगको सहकार्यमा सचेतना मुलक सेसन हरू जस्ता बिभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । नेपाली समाज र नेपालीको निम्ति हरेक समय साथ र संगै रहेको मंचले आऊदो दिनहरूमा समेत बिध्यार्थी, युवा, व्यवसायी र नेपालीहरू बिच आवश्यकीय कार्यक्रमहरू लिएर आऊने समेत बताईएको छ ।

२०७८ चैत्र ३, बिहीबार प्रकाशित 1 Minute 414 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार