२०८१ बैशाख ८ शनिबार

एमाले पोखरा -२१, दुवार- रघैचौर टोलभेला सम्पन्न, अध्यक्षमा खेमराज ।

१२ चैत्र २०७८, पोखरा -२१,निर्मलपोखरी, दुवार- रघैचौर टोलभेला

नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा -२१ द्वारा दुवार -रघैचौर टोल भेला गरी एमालेको टोल कमिटी गठन गरेको छ।
टोल कमिटी भेलालाई नेकपा एमालेका युवा नेता झपट रानाभाटले “नेकपा एमाले आकाशमा उडिरहेको चरा जस्तै हो जसले आफ्नो पखेटा जस्तो नीति ,सिद्धान्त ,कार्यक्रम र जनताको अपार शक्तिमा बिश्वास गर्छ न कि,अरु दलहरु जस्तो रुखको हागा र काण्डमा बिश्वास गर्छ ” भन्नुभयो । पार्टी नेता रानाभाट सहित पार्टी नेत्री एवं अनेमसङ्घ केन्द्रीय सदस्य हिरा गिरी, महानगर सदस्य कृष्ण थापा मगर ,युवा नेता दिपक सुबेदी , राजकुमार गुरुङ्ग,खगराज न्यौपाने ,रमादेवी आचार्य लगायतले सामाजिक रुपान्तरण ,वर्गबिहीन समाज निर्माण एवं बिकास र समृद्धिको सपनालाई पूरा गर्न आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले लाई बिगत झैँ भारी मत अन्तरसाथ एमालेलाई बिजयी तुल्याउन आग्रह र पूरा बिश्वास व्यक्त गर्नुभयो।
सो टोलभेलाले क.खेमराज आचार्य अध्यक्ष ,उपाध्यक्ष क. बिष्णुप्रसाद आचार्य ,सचिव क. सुवास आचार्य ,उपसचिवद्वय चन्द्रा नेपाली र सुनिता आचार्य रहनुभएको २५ सदस्यीय टोल कमिटी गठन गरेको छ। निर्वाचित कमिटीको ५ सदस्यीय सल्लाहकार कमिटी ,सम्पूर्ण पदाधिकारी ,सदस्यहरुलाई नेकपा एमाले पोखरा -२१ का अध्यक्ष क. राजेन्द्र थापाले अनुशासन र गोपनीयताको सपथ खुवाउनु भएको थियो भने अविरापर्ण क. झपट रानाभाट र क.हिरा गिरीले गर्नुभएको थियो।
भेलाको सभापतित्व वडा कमिटीका अध्यक्ष राजेन्द्र थापा ,स्वागत क.श्रीराम आचार्य र सन्चालन पार्टी सचिव क. रोशन भट्टराईले गर्नुभएको थियो।

२०७८ चैत्र १३, आईतवार प्रकाशित 1 Minute 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार