२०८१ बैशाख ८ शनिबार

एनआरएनएले पायो नयाँ नेतृत्व, अब देखी ३ अध्यक्ष, (नामावली सहित)।

एनआरएनएमा नयां नेतृत्व , को को चुनिए ? ( नामावली सहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ नेतृत्व पाएको छ। अबदेखी संघमा तीन जना अध्यक्ष रहने घोषणा गरिएको छ। कुल आचार्य, रबिना थापा र डा. बद्री केसी अध्यक्ष चुनिएका छन्।

यसैगरी उपाध्यक्षमा धर्मराज अधिकारी भुषण घिमिरे, डिबी क्षेत्री, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ रविन्द्रर, डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा गरेर ११ जना चयन भएका छन ।

महिला उपाध्यक्षमा विष्णुमाया परियार र यसमिन बेगम चयन भएका छन् । युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ निर्वाचित भएका छन् । महासचिवमा गौरीराज जोशी र केशवप्रसाद पौडेल निर्वाचित भएका छन् । चयन गरिएका ६ जना उपमहासचिवहरूमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ रामशरण सिंखडा र डा विनय अधिकारी निर्वाचित भएका छन्।

सचिव १० जना चुनिएका छन् । चिरज्जीवी घिमिरे,, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे, राजन त्रिपाठी निर्वाचित भएका छन्। यसैगरी महिला सचिवमा टिका गुरूंग र डा अलिनी पोखरेल निर्वाचित भएका छन् ।

कोषाध्यक्ष तीन जना निर्वाचित भएका छन् । सुनिल शाह, लोक दाहाल र फनिन्द्र पन्त निर्वाचित भएका छन्। प्रवक्ता सोम सापकोटा र शिव बडुवाल चुनिएका छन्।

क्षेत्रीय संयोजकमा रामजी पोखरेल र प्रकाश सापकोटा, उपसंयोजकमा अभिमन्यु बस्नेत, पुरुषोतम बोहोरा, रामकुमार सुवेदी र तुला भट्टचन चुनिएका छन्।

श्रोतः एनआरएनए टिभी शो ।

२०७८ चैत्र १३, आईतवार प्रकाशित 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार