२०८१ बैशाख १३ बिहीबार

अब देशको प्रधानमन्त्री केपि ओली नै होः महानायक राजेश हमाल ।

– दुबई ।

नेपाली चलचित्रका महानायक राजेश हमालले केपी शर्मा ओली प्रधानमन्त्री बन्न लायक नेता भएको बताएका छन् । अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्ने तर्क हमालले गरेका हुन् ।एक पत्रकारसँग कुराकानीको क्रममा हमालले राष्ट्रियतामा अडिग र निर्णायक नेताको रुपमा ओली स्थापित हुन सकेकाले प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्ने बताएका हुन् ।

पछिल्लो समय निर्णायक भूमिका खेल्न सफल देखिएका ओलीको नेतृत्वमा सरकार बन्न सके देश परिवर्तनको बाटोमा जाने हमालको दाबी थियो ।फरक प्रसङ्गमा हमालले नेपालको परम्परा र संस्कृति लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेपालको संस्कृति भुलेर विदेशी संस्कृतिमा अहिले पुस्ता रमाएको प्रति हमालले चिन्ता व्यक्त गर्दै स्वदेशी संस्कृति नभुल्न सुझाब दिएका छन् ।

आफू बाल्यकालदेखि नै विदेशी परिवेशमा हुर्किएको भए पनि अब आफ्नै संस्कृतिलाई अंगाल्ने उनले बताए ।आफू आधुनिक परिवेशमा हुर्किए पनि पुरानो पहिचान र संस्कृतिमा फर्किएको छु । दौरा सुरवाल, ढिडो, गुन्दु्रक अगाल्न थालेको छु ।” हमालले भने ।

– केही पहिलेको समाचार साभार गरिएको हो ।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार