२०८० चैत्र १६ शुक्रबार

गुल्मी समाज अष्ट्रेलियाले नयाँ वर्ष-२०७९ बिशेष कार्यक्रम गर्ने ।

सिड्नी,

गुल्मी समाज अष्ट्रेलियाले नेपालीहरूको आऊदै गरेको नयाँ वर्ष २०७९ को अवसरमा बिशेष कार्यक्रम गर्ने भएको छ ।

गुल्मी जिल्ला घर भई हाल अष्ट्रेलिया बसोबास गर्दै आएका नेपालीहरूको समाज गुल्मी समाज अष्ट्रेलियाले यही १६ अप्रिल, २०२२ दिउसो १२.३० बजेदेखि ५ बजे सम्म Black Muscat park, Chopping Norton भन्ने स्थान मा उक्त कार्यक्रम गर्दै छ ।

कार्यक्रममा बार्बिक्यू, नाचगान र बालबालिकाहरूको लागि मनोरन्जनात्मक लगायतको कार्यक्रमहरू संगै नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदान-प्रदान समेत गरिने बताइएको छ ।

करिब दुई वर्षदेखि कोभिड-१९ अर्थात्को रोना महामारीको कारण गुल्मेली जन-मनहरू एक ठाउॅमा भेला हुन सकेका अवस्था थीएन, त्यसैले उक्त कार्यक्रममा संख्यात्मक हिसाबले पनी धेरै भंदा धेरै जनाको उपस्थिति रहने पाइएको छ ।

गुल्मी समाजको आधिकारिक फेसबुक पेजमा मार्फत उक्त कार्यक्रमको आयोजना हुने भनी जानकारी समेत राखीएको छ कमला बस्नेतले बताईन । साथै उनले संसारको जुन सुकै कुनामा रहे पनी आफ्नो भाषा, धर्म, स्थान कहिले पनी नर्बिसने संगै एकापसमा भेंट हुदा गाउका संगै आफ्नो भविष्यको बारेमा के कसरी अगाड़ी बढ़न सकिने कुरामा सर-सल्लाह समेत हुने बताईन ।

उक्त कार्यक्रममा बिबिध जानकारिको लागी निम्न व्यक्ति र सम्पर्क नम्बरमा संपर्क गर्न सकिने छ ।

कमला बस्नेत ०४११७०६२७५
युवराज भण्डारी ०४०२५४३२८८
सिर्जना गौतम ०४२४३४७२५०
अन्जु शर्मा घिमिरे ०४३४४५०६५७

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 1 Minute 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार