२०८१ बैशाख १८ मंगलवार

विद्युतीय सवारी साधनको प्रयोग गर्न घिसिङको आग्रह!!

विद्युतीय सवारी साधनको प्रयोग गर्न घिसिङको आग्रह

काठमाडौं, १२ चैत/
इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको नक्सालस्थित शोरूम उदघाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गरेर नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

विद्युतीय सवारी साधान प्रयोगमा ढिलाई गर्न नहुने भन्दै विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको बताए ।

नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ ।

भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए ।

नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको बताइएको छ ।

नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभको ब्राण्डमा आधिकारिक शोरूम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

उक्त शोरूमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्राण्ड इ गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझी बताउँछन् ।

ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४0 रूपैयाँ बराबरको विद्युतले ८0 किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए ।

स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर-डिस्क, ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि-लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेशन सिस्टमलगायत विशेषता छन् ।

फेलियर इन्डिकेशन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पीड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ ।

ती उत्पादनहरुमध्ये स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबैखाले उपभोक्ताको रोजाइमा पर्नेमा उत्पादकहरू विश्वस्त छन् ।

मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अव्वल तथा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दाबी गरे ।

वातावरणीय हिसाबले मात्र होइन इलेक्ट्रीकल सवारी साधन कम खर्चिलो भए पनि खरिद गर्दा ज्यादै महँगो मूल्य भुक्तान गर्नुपर्ने भएकोले पनि आमनागरिकहरूले रूचि नदेखाउने भुक्तभोगीहरूको तीतो अनुभव रहेको पाइएको छ ।

२०७८ चैत्र १२, शनिबार प्रकाशित 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार