कानुन अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिता : पृथ्वीनारायण क्याम्पस र नेशनल ल क्याम्पस फाइनलमा
पोखरा । कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसको आयोजनामा भइरहेको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस र नेशनल ल क्याम्पस फाइनल प्रबेश गरेका छन् । शनिबार भएका तीन खेलमा सबैले टोलीले एक एक जित निकाल्न सफल भएका छन्।
अन्नपूर्ण खेल मैदान बगरमा भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल ल क्याम्पसले टस हारेर १५ ओभर पुरा पारी खेल्दै १४३ रन बनाउन सफल भएको थियो। जवाफमा १ सय १४४ रनको लक्ष्य पछ्याएको नेशनल ल क्याम्पसका उपहारले अर्ध सतक पारी खेली आफ्नो टिमलाई ६ विकेटको जित दिलाएका छन् ।
दोस्रो खेलमा टस जितेर व्याटिङमा उत्रेको पृथ्वीनारायण क्याम्पस कानुन सङ्काय १५ ओभर पुरा खेल्दै आदर्श झाको विस्फोटक ३९ बलमा ८३ रनको पारी खेल्दै २०४ रन बनाउन सफल भएको थियो। जवाफमा २०५ रनको लक्ष्य पछ्याएको नेशनल ल क्याम्पसका आशुतोषले अर्ध सतक पारी खेलेता पनि पनि आफ्नो टिमलाई जित निकाल्न सफल भएनन् र केशव रिमालले ५ विकेटको सफलता दिलाएर आयोजक पृथ्वीनारायण क्याम्पसलाई ५९ रनको फराकिलो जित निकालेका थिए ।
दिनको तेस्रो तथा लिग चरणको अन्तिम खेलमा टस हारेर व्याटिङमा उत्रेको पृथ्वीनारायण क्याम्पस कानुन सङ्काय १५ ओभर पुरा खेल्दै आदर्श झाको २२ रन र प्रविनको २७ रनको पारि खेल्दै १३२ रन बनाउन सफल भएको थियो। जवाफमा १३३ रनको लक्ष्य पछ्याएको नेपाल ल क्याम्पसका बिशालले २२ तथा दुर्गाले १७ रनको योगदान दिएर पारीको १ बल रहदा २ विकेटको साँघुरो जित निकालेको थियो ।
प्रतियोगिताको फाइनल खेल भोलि आइतबार अन्नपूर्ण खेल मैदान, पृथ्वीनारायण क्याम्पस बगरमा ११ बजे हुने आयोजक कमिटी सदस्य आदर्श झाले जानकारी दिए ।