२०८१ बैशाख १८ मंगलवार

नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाऊदै ।

नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाऊदै ।

सिडनी । अष्ट्रेलिया । नेपालीहरुको नयाँ वर्ष २०८१ साल आउन अब धेरै समय बाकी छैन, यस अवसरमा आफनो धर्म, संस्कृति, संस्कार, रीतिरिवाज, चाड्पर्व, तिथि-मिति अनेक कुराहरुमा राष्ट्रियता संगै आफनो भावना जोड़ीएको पक्कै छ नै यस अवसरमा बिभिन्न सामाजिक संस्थाहरुले एकापसमा भेला भई रमाइलो गर्ने गरेको हामिले पाउन सक्छौ ।

यस अनुरूप अष्ट्रेलियाको तास्मानिया राज्यमा रहेको नेपालीहरु बिचको सामाजिक अग्रणी संस्था नेपाली सोसाइटी अफ तास्मानियाले बिगतका वर्षहरुमा झै यस वर्ष पनी नेपालि नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । सोसाइटीका अध्यक्ष तथा युवा समाजसेवी संसार राजले बिश्वपाटी संग उक्त कार्यक्रमको बारेमा समष्टिगत रूपमा जानकारी गराएका थिए ।

कार्यक्रमलाई दुई भागमा बिभाजन गरीएको छ पहिलो सेसन औपचारिक कार्यक्रम र दोस्रो सेसन अनौपचारिक रूपमा संचालन गरीने बताईएको छ । यस वर्षको सोसाइटीको कार्यकालमा नेपाली मात्र नभई अष्ट्रेलियन स्थानीय सरकारको बलियो साथ र सहयोग रहेको पाइएको छ, यस कार्यक्रम होबार्ट सिटी काउन्सिलको होबार्ट सिटी हलमा आयोजना हुने भएको छ । कार्यक्रम एप्रिल १२, शुक्रवार, साँझ ५:३० देखी ९:३० सम्म संचालन हुनेछ ।

कार्यक्रममा होबार्ट सिटी काउन्सिलका काउन्सिलर, मल्टी कल्चर काउन्सिल, डिपार्टमेण्ट अफ होम अफ़ियरका प्रतिनिधि, स्थानीय काउन्सिलर, नेपाली सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहने साथै कार्यक्रममा ६००-१००० जनाको उपस्थिति रहने बिश्वास गरीएको छ ।

कार्यक्रममा बिगत लामो समय देखी चर्चित स्थानीय नेपाली बाण्ड, पाठशाला, नेपाली युवा युवती लगायतको नृत्य, गायन, नाटक, लगायतका सांगीतिक तथा बिभिन्न कार्यक्रम हामिले पाउन सक्छौ र नेपाली मात्र नभई बिभिन्न देशहरुको समेत नेपाली नयाँ वर्षको अवसरमा सांगीतिक सहभागिता रहने रहेको छ ।

कार्यक्रममा नेष्ट अवार्ड समेत प्रदान गरीने भएको छ, तास्मानियामा रहेका नेपालीहरु बीच सामाजिक कार्यमा योगदान पुर्याए बापत हौसला स्वरूप अवार्ड प्रदान गरीने समेत बताईएको छ ।

कार्यक्रममा नि-शुल्क प्रवेश र खानाको समेत व्यवस्था रहेको छ ।

कार्यक्रमको उदेश्यको बारेमा प्रश्न गर्दा हामिले सोसाईटिका अध्यक्ष संसार राजले बिभिन्न देशको आफनो पहिचान हुने गरेको र त्यस अनुरूप बिश्व जगतमा नेपाली बारे चिनाऊन र बुझाऊन यो कार्यक्रम आयोजना गर्न लागिएको बताए । प्रवासमा रहने समस्त नेपालीहरुको साझा संस्थाको रूपमा रहेको यस सोसाइटिले नेपालीहरु बीचको माया, सम्बन्ध र बिदेशी भूमिमा रहेका समस्त नेपालीहरुको भावना समेटने साथै व्यस्त समय बाट केही समय निकालेर नेपालीहरु बीच भेटघाट र रमाइलो गर्ने मुख्य उदेश्य रहेको बताए ।

 

 

२०८० चैत्र २६, सोमबार प्रकाशित 1 Minute 326 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार