२०८१ बैशाख १७ सोमबार

फेन्काको न्यू साउथ वेल्थ समिति विस्तार !!

फेन्काको न्यू साउथ वेल्थ समिति विस्तार ।

सिडनी, अष्ट्रेलिया । फेडेर्सन अफ नेप्लिज कम्यूनिटि एसोसियन अफ अष्ट्रेलिया (फेन्का ) ले आफ्नो कार्यलाई अझ प्रभावकारी रुपमा आफ्नो कृयाकलापहरु लाई कार्यन्यन गर्न विहिवार एक कार्यक्रमको छलफल एवं वैठक बाट ५ सदस्य न्यू साउथ वेल्थ, सिड्नि एक्सन टिम गठनॅ गरिएको छ ।

डेपुटि कोर्डिनेटर मुक्तिराम पोखरेल सदस्यमा क्रमश ममता तिवारी, डा० भरत नेपाल, चिरन तिबारी र आनन्द श्रेष्ठ रहनु भएको छ फेन्का न्यू साउथ बेल्थका कोर्डिनेटर विष्णु हमाल को अध्यक्षतामा कार्यक्रम भएको थियो सोहि कार्यक्रममै अन्तरकृयात्मक छलफल तथा बैठकमा फेन्का अष्ट्रेलियाका उपाध्यक्ष डा मधुसुदन पुडासैनिले न्यू साउथ मा गठन भएको एक्सन टिमले छरिएका सामदायिक संस्थलाई एकत्रित गर्दै अझ वढि सहकार्य समन्वय गरी मानविय श्रोत विकास तथा क्षमता अभिवृद्धि गदै अझ थप प्रभावकारीका साथ आफ्नो गहन भूमिका निभाउने छ भन्दै आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।

२०१८ अगष्टमा अष्ट्रेलियामा स्थापित फेन्का नेपालि संघ संस्थाको साझा संयन्त्रको रूपमा काम गर्दै आएको छ जसमा मानविय श्रोत परिचालन, सहभागितामुलक सिकाई क्षमता अभिवृद्धि , नितिगत पैरवि, पर्यटकिय प्रवद्धनका आयाम पुग्ने कार्यक्रम , स्वास्थ्य शिक्षा जागरण कार्यक्रम, नेतृत्व विकास , शशक्तिकरण सुशाासन ,संस्थागत विकासलाई सहयोग पुऱ्याउने कार्यक्रमहरु गर्दै आएको छ हाल अष्ट्रेलियामा ८९ बटा समुदायमा रहेका सामाजिक संघ संस्थाहरु फेन्कामा आवद्ध भएका छन् भने न्यू साउथ वेल्थमा ३९ वटा संस्थाहरु कृयाशिल रूपमा आवद्द रहेका छन ।

संस्थाले आफ्ना गतिविधिहरुलाई निरन्तरता दिने क्रममै २८ जनवरी आइतवारका दिन दिउसो १२.०० -३.०० बजे सम्म मेरिलेन्ड बारदलि फङ्सन सेन्टरमा समुदायमा रहेर फेन्का आवद्ध भई कृयाशिल भएका संस्थाका प्रतिनिधि अगुवाहलाई “ सामुदायिक नेतृत्व तथा सिकाई , अवसर एवंम उत्प्रेरणामुलक “ महत्वपूर्ण बिषयमा बरिष्ट प्रशिक्षक एवं विकास विज्ञ ओम ढुङ्गेल बाट सहजिकरण गरिने हुदाँ सो कार्यक्रममा सबैलाई सहभागिता हुन फेन्का न्यू साउथ बेल्थका कोर्डिनेटर विष्णु हमाल एवं डेपुटि कोर्डिनेटर मुक्तिराम पोखरेलले आहान गर्नु भएको छ ।

२०८० पुष २०, शुक्रबार प्रकाशित 1 Minute 621 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार