२०८१ बैशाख २२ शनिबार

पुराना लडाकु कमाण्डर निर्वाचनमा सहभागी भएपछि प्रचण्डलाई ठूलो झट्का, पढ़नुस पूरा ।

रोल्पा जनयुद्धको आधार इलाका । आर्दश छविका चुडामणी वली (आदर्श) आधार इलाकाका पुराना कमाण्डर स्थानीय तह निर्वाचनमा सहभागी भएपछि अहिले नेकपा माओवादी केन्द्रलाई झट्का लाग्ने भएको छ ।

आदर्शले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा ‘स्वतन्त्र उम्मेदवारी’ घोषणा गरेका छन् । उनको उम्मेदवारी ले माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई पनि आक्रोशित गरेको छ ।

आदर्शले उम्मेदवारी घोषणा संगै भोट माग्न सुरु गरिसकेका छन् । युवा र किसानसँगै टोलटोलमा भेटिने उनी आफूलाई भोट माग्छन् त्यसपछि स्कूल, अस्पताल, खानेपानी, बाटो–घाटो, पुल–पुलेसा, मठ–मन्दिरको चर्चा गर्छन् ।

उनी ‘चुनाव चिन्ह’ के हो ? उनलाई नै थाहा छैन तर उनी मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन भनिरहेका छन् । चुनाव चिन्ह मनोनयन दर्तापछि मात्रै उनले पाउने छन् । वली गंगादेवका मतदातासँग सल्लाह मागिरहेका भेटिन्छन् ।

स्वतन्त्र उम्मेदवार उनी गाउँतिर एक्लै भने छैनन् । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता–कार्यकर्ता पनी सँगै हिँडिरहेका छन् । यत्तिमात्रै होइन चुनावी प्रचारमा माओवादी केन्द्रका कतिपय जिम्मेवार नेता–कार्यकर्ता पनि उनीसँगै रहेको देखिएका छन् ।

माओवादीका नेता कार्यकर्ताले आफ्ना पुराना कमाण्डर अर्थात् कमरेड आदर्शलाई जिताउन लागि परेका छन । पार्टी उम्मेदवार छाडेर स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारमा माओवादी कार्यकर्ता हिँडेका छन् । ।

‘काठमाण्डू गएका नेताहरू गाउँ फर्किदैनन, उहाँ त फर्किनुभयो नि ! गाउँपालिका अध्यक्ष लड्ने चर्चाले यहाँका जनता उत्साहित छन् । यस्तो बेला पार्टी–साथी भन्ने होइन । राम्रो उम्मेदवारलाई जिताउनुपर्छ । तर हाम्रो आस्था राख्ने पार्टी माओवादी केन्द्र नै हो ।

तर आदर्शलाई हामी भोट हाल्छौं,’ माओवादी केन्द्रका एक जना कार्यकर्ता भन्छन् । वलीको उम्मेदवारी घोषणासँगै गंगादेवका मतदाता प्रष्ट वक्ता र कामकाजी नेतालाई आउँदो स्थानीय निर्वाचनमा रोज्न पाउने भन्दै खुशी भएका छन् । उनी प्रायः सबै टोलमा छिरिसकेका छन् ।

भेटघाटमा आफ्नो विचार राख्छन् । मतदाताको गुनासो पनि सुन्छन् ।‘अघिल्लो निर्वाचनमा गलत पात्र जिताएर बर्बाद गरियो ! अब त राम्रो व्यक्तिलाई छान्ने हो । भ्रष्ट उम्मेदवारलाई भोट हाल्दा ठूलो दुःख पायौं,’ एक युवाले भने ।

गंगादेव बासीलाई आदर्श देखे–भेटेपछि राजनीतिक पार्टीको वास्ता छैन । यहाँ नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपा निकै कमजोर छ । तर स्वतन्त्र उम्मेदवार भने बलिया छन् । सबैले रूचाउँछन् र मान्छन् । वलीको पनि यत्ति अपेक्षा छ– सबै मतदाताले मताधिकार प्रयोग गर्ने क्रममा आफूलाई नै जिताउने छन् ।उनी निर्वाचनमा सहभागी हुने भएपछि जिल्लामा मात्र होइन केन्द्रका अध्यक्ष प्रचण्ड पनि तनावमा छन् । आफ्नो जित निश्चित भएको पालिकामा ओली आएपछि प्रचण्ड तनावमा छन् ।

२०७९ बैशाख ४, आईतवार प्रकाशित 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।