२०८१ बैशाख २० बिहीबार

उदयपुरको चौदण्डीगढीमा एमालेको एकल कार्यपालिका गठन l

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका गठन गरेको छ ।

नगर कार्यपालिका सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता र मङ्गलबार निर्वाचनको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उमेदवारको मात्र मनोनयन दर्ता भएको थियो ।

अन्य दलबाट मनोनयन दर्ता नभएपछि एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत महेश दाहालले जानकारी दिए ।

चौदण्डीगढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूमा दलित वा अल्पसंख्यक सदस्य पदमा उदयराज भुजेल, माधव सार्की र जयकुमार राई, महिला सदस्यमा स्मृति तोलाङ्गी ‘सुयल’,

तिलावती राई, सुष्मा राई, जानकीदेवी चौधरी र शान्तीदेवी चौधरी रहेका छन् ।

उनीहरूलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

निर्वाचित भएका नगर कार्यपालिका सदस्यहरूलाई प्रमाणपत्रसमेत हस्तान्तरण गर्दै नगर प्रमुख कालुमान लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, वडा अध्यक्ष, सदस्य, एमालेका नेता, कार्यकताहरूको उपस्थिति रहेको थियो ।

निर्वाचित कार्यपालिका सदस्यहरूलाई शुभकामना दिँदै नगर प्रमुख लामाले सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यहरूले योजना छनोट सर्बदलीय छलफलमार्फत गर्न आग्रह गरे ।

चौदण्डीगढी नगरपालिकालाई समृद्ध बनाउने दायित्व जनप्रतिनिधिहरूको काँधमा आएकाले उक्त दायित्व पूरा गर्न सबै पक्षलाई समेट्नुपर्ने लामाले धारणा व्यक्त गरे ।

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 0 Minutes 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।