२०८२ आश्विन २६ आईतवार

मेलबर्नमा गौरा पर्व २०२५ भव्य रूपमा मनाइने ।

मेलबर्नमा गौरा पर्व २०२५ भव्य रूपमा मनाइने

मेलबर्न, अष्ट्रेलिया । फारवेष्टर्न नेप्लिज सोसाइटी अफ भिक्टोरिया (FWNSV) ले आगामी गौरा पर्व २०२५ भव्य रूपमा मनाउने भएको छ। सुदूरपश्चिम नेपालको सांस्कृतिक धरोहरलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने यो पर्वमा सम्पूर्ण मेलबर्नवासीलाई सहभागिताका लागि बिशेष आह्वान गरिएको छ।

आगामी आइतबार, अगस्ट ३१, २०२५ मा बेलुकी ४:३० बजेदेखि राति ९:३० बजेसम्म ब्रन्सविक ईस्टस्थित अरोरा रिसेप्सन हलमा कार्यक्रम आयोजना हुने भएको छ।

यस पर्वलाई टाइटल स्पोन्सर क्लाइमेट ग्रीन र को-स्पोन्सर मिराकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेका छन्। उक्त पर्व विशेष गरी नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइने प्रमुख पर्व हो, जसले दाम्पत्य सम्बन्धको पवित्रता, मनसुन खेतीको समृद्धि र सामुदायिक एकतालाई उजागर गर्छ।

कार्यक्रममा गौरा नाच र देउडा नृत्यको लाइभ प्रस्तुति, राष्ट्रिय कलाकार चक्र बम र टंका तिमिल्सिनाको विशेष प्रस्तुति, बालबालिकाका लागि फेस पेन्टिङ स्टेसन तथा लाइभ डीजे सहित विविध सांस्कृतिक गतिविधि रहनेछन्। अष्ट्रेलियन सरकारका सांसदहरू र स्थानीय काउन्सिलरहरूको उपस्थिति समेत रहने आयोजकले बताएका छन ।

सचिव बिक्रम कुँवरका अनुसार, “यो उत्सव केवल पर्व मात्र नभई हाम्रो सांस्कृतिक पहिचानलाई जोगाउने र अष्ट्रेलियाली समाजसँग बाँड्ने महत्वपूर्ण अवसर हो। हामी सबैलाई सुदूरपश्चिम नेपालको आत्मीयता, खुशी र जीवन्त परम्पराको अनुभव गराउन उत्साहित छौं।”

कार्यक्रममा सहभागीहरूलाई पारम्परिक पोशाक (पुरुषका लागि दौरा सुरुवाल, महिलाका लागि गुनीयु चोली) लगाउन प्रोत्साहन गरिएको छ, यद्यपि यो अनिवार्य भने गरिएको छैन।

थप जानकारीका लागि सम्पर्क:
दीप चन्द (अध्यक्ष): ०४२४११९६७९
बिक्रम कुँवर (सचिव): ०४७६६६८३७८

२०८२ भाद्र १२, बिहीबार प्रकाशित 1 Minute 488 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।