
सिड्नीमा दशैँ कप २०२५ सहित विविध कार्यक्रम आयोजना हुँदै
सिड्नी, अस्ट्रेलिया — अस्ट्रल नेप्लिज कम्युनिटी क्लब (एएनसीसी) ले स्थापनाको एक वर्षमै युवाहरूलाई समेटेर सामाजिक कार्यमा सक्रियता देखाएको छ। युवाहरूको क्षमता अभिवृद्धि, खेलकुद र सामुदायिक कार्यमा योगदान पुर्याउँदै आएको यस क्लबले विजयादशमीको पूर्वसन्ध्यामा दशैँ कप २०२५ आयोजना गर्ने भएको छ।
आगामी सेप्टेम्बर २१, २०२५ (आइतवार) मा हुने यो कार्यक्रमले युवाहरूमा खेलकुद मार्फत सिप, ज्ञान र उत्साहको विकास गर्ने लक्ष्य राखेको छ। क्लबका अध्यक्ष सुनिल पराजुली सँगको कुराकानीमा, कार्यक्रममा युवाहरूका लागि फुटबल प्रतियोगिता, बालबालिकाका लागि निःशुल्क फेस पेन्टिङ, अभिभावकहरूका लागि घैंटो फुटाउने र म्युजिकल चेयर जस्ता रचनात्मक गतिविधिहरू समावेश हुनेछन्।
क्लबका सदस्य रवि केसीका अनुसार, कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नृत्य र फुड स्टलहरू पनि रहनेछन्। उनले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेका छन्।
कार्यक्रमलाई भव्य बनाउन विभिन्न व्यक्ति र संस्थाहरूले सहकार्य गरेका छन्, भाईव्स भरकेज एन्ड फाइनान्स, 8848 मःम हाउस, टप सेल्फ कफी एन्ड किचेन, इप्रोक्सी गार्डेन ल्यान्डस्केप, एचएस क्रिएसन, डिलाइट ट्राभल्स एन्ड टुर्स, माया स्टोर्स, अच्युत न्यौपाने मल्टी डाइनामिक रियल इस्टेट १०८ बिल्ड, र xenxcec लगायतका संस्थाहरूले सहयोग प्रदान गरेका छन्।
सबैलाई यो उत्सवमा सहभागी भई दशैँको रौनकमा रमाउन आयोजकले अनुरोध गरेका छन्। 🤝